अस्ट्रेलियन ओपन प्रत्येक वर्षको जनवरीको अन्त तिर अस्ट्रेलियाको मेलबर्नमा सन्चालन हुने एउटा मुख्य तथा ग्रयाण्ड स्ल्याम टेनिस प्रतियोगिता हो । यसको पहिलो संस्करणको सुरुवात सन् १९०५ मा भएको हो । यो प्रतियोगिता ग्रयाण्ड स्ल्याम अन्तर्गत घटनाक्रम अनुसार रहेको छ यो बाहेक फ्रेन्च ओपन,विम्बल्डन तथा यु.एस. ओपन रहेको छ ।

यो प्रतियोगितामा दर्शकको अपार सहभागीता रहने गरेको छ जुन कि कुनै पनि अन्य प्रतियोगिता भन्दा धेरै गुणा बढी रहने गरेको छ । त्यस बाहेक यो मात्र एउटा यस्तो ग्रयाण्ड स्ल्याम प्रतियोगिता हो जसमा मौसमको कारणले स्टेडियमलाई माथिबाट बन्द गरेर खेलाईन्छ ।