माफाल्दा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
माफाल्दा, चित्रकथाकी एउटा पात्र अर्थात् कपाल जिङग्रीङ भएकी एउटी सानी केटीको नाम हो। माफाल्दाका सृजक कीनो हुन्। आफ्नो सृजक जस्तै माफाल्दा पनि अर्जेन्टिनी हुन्। उनी एउटा मध्यम वर्गीय परिवारमा जन्मेकी हुन्। ल्याटिन अमेरिका तथा युरोपमा माफाल्दा निक्कै लोकप्रिय छिन्। उ प्रमुख पात्र भएको चित्रकथाहरूले प्राय: राजनीतिक विषय छोएको हुन्छ। माफाल्दा सँधै अत्यन्तै मीहीन पाराले हँसाउछिन्, जो कि वास्तवमा कीनोको आफ्नो विशेष स्टाईल हो। फुच्ची माफाल्दाका साथीसंगीहरू थुप्रै छन् तर सबैको यो संसारलाई हेर्ने तरिका आ-आफ्नै ढंगको छ। यी मध्ये विर्सनै नसकिनेहरू यसप्रकार छन्- मानोलिटो, अर्जेटिनामा उ भन्दा ठूलो पुँजीवादी सायदै कोही होला। सुसानिता, स्वतन्त्र विचारधारा भएकी तर भविष्यको लोग्ने एवं छोराछोरीमा अत्यन्तै समर्पित केटी। फिलिपे, कमिकको काल्पनिक दुनियाँमा रुमल्लिने दार्शनिक टाईपको दन्तुरे केटो। अनि माफाल्दा ? माफाल्दा रेडियो सुन्छे, विटल्सको गीतमा नाच्छे अनि संसारका विसंगतिहरू देखि दु:खी हुन्छे।