संसारमा रेहका विभिन्न पदार्थ, शक्ति तथा क्रियाहरूको निश्चित मात्रा हुन्छ । ती वस्तु, क्रिया तथा शक्ति दृश्य वा अदृश्य नै किन नहोस, तिनीहरूको गुणले एउटा निश्चित मात्र बोकेको हुन्छ । हामी दैनिक जीवनमा तिनीहरूलाई धेरै व थोरै भनी व्यख्या गरिरहेको हुन्छौ । जस्तै : किताब कपि भन्दा मोटो छ । हरि भन्दा कृष्ण चलाख छ । हिजोको भन्दा आज चिसो छ इत्यादि । यी उदहारणबाट क प्रस्ट हुन्छ भने हामी दैनक जीवनमा विभिन्न भौतिक तथा अभौतिक गुणहरूको परिमाणात्मक लेखाजोखा गरिराखेको हुन्छौ । यसरी निश्चित नियमहरूको प्रयोग गरी भौतिक तथा अभौतिक बस्तुहरूको गुणहरूको परिमाण जनाउने कार्यलाई मापन भनिन्छ । विज्ञानमा मापनको अर्थ कुनै पनि वस्तुको थाह नभएको भौतिक आकार प्रकार तथा गुणहरूको मान कुनै पनि उस्तै बस्तुको थाह भएको आकार प्रकारसँग तुलना गरी उक्त बस्तुको भौतिक आकार प्रकार तथा गुणहरूको मान पत्ता लगाउने प्रक्रिया हो।

मापनका परिभाषाहरुसम्पादन

  1. नियमका आधारमा अंक दिनेकार्य मापन हो । (Measurement is the assignment of numerals according to rules.) --Tyler
  2. गुणहारुलाई प्रतिनिधित्व गर्न अंक दिनेकार्य मापन हो । (Measurement is the assignment of numbers to represent properties) --Campbell

मापनका प्रकारसम्पादन

  • भौतिक मापन(Physical Measurement)
  • शैक्षिक मापन(Educational Measurement)

मापनका कार्यहरुसम्पादन

  • पूर्वअनुमान तथा भविष्यवाणीसम्बन्धी कार्य (Prognosis Function)
  • निदंनात्मक कार्य (Diagnosis Function)
  • अनुसन्धानसम्बन्धि कार्य (Research Function )

मापनका स्केलसम्पादन

  • नामरुपी स्केल(Nominal Scale)
  • क्रमागत स्केल (Ordinal Scale)
  • अन्तराल स्केल(Interval Scale )
  • अनुपातिक स्केल(Ratio Scale )


सन्दर्भ सूचीसम्पादन