मात्भेइ इभानोभिच स्कोबेलेभ (सन् १८८५-१९३८) - एक रुसी क्रान्तिकारी थियो । पेशाअनुसार इंजिनियर, सन् १९०३ देखि मेन्सेविकहरूको साथमा मिलेर सामाजिक-जनवादी आन्दोलनमा भाग लिएका थिए, अनि सन् १९०६मा विदेशिएर मेन्सेविकहरूमा पत्र-पत्रिकाहरूमा काम गरेका थिए र ट्रोत्स्कीद्वारा सम्पादित अखबार 'प्राभ्दा'को सम्पादक-मण्डलमा पनि समावेश गरिएका थिए र ककेशियामा रुसी रैथानेहरूको तर्फबाट उनी चतुर्थ राजकीय दूमामा प्रतिनिधि रोजिएका थिए । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा केन्द्रवादी रहे । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् पेत्रोग्राद सोभियतका उपाध्यक्ष, केन्द्रीय कार्यकरिणी समितिको प्रथम समायोजनका उपाध्यक्ष, सन् १९१७को मई महिनादेखि अगस्ट महिनासम्म पुँजीजीवी अस्थायी सरकारका श्रममन्त्री । अक्टोवर समाजवादी समाजवादी क्रान्तिपश्चात् मेन्सेविकहरूबाट अलग्गिएर सहकारिता प्रणालीमा काम गर्न लागे । सन् १९२२ देखि सोभियत सङ्घ कम्युनिष्ट पार्टीका सदस्य रहेर उनले उत्तरदायित्वपूर्ण कार्यभारहरू वहन गरे । सन् १९३६-१९३७ तिर उनले अखिल सङ्घ रेडियो समितिका काम गरेका थिए । [१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९५