मातृभूमि नेपाल दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष बद्रिप्रसाद उप्रेती हुन् । मातृभूमि नेपाल दलको केन्द्रीय कार्यालय काठमाडौंको बुद्धनगरमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह गाग्री बोकेकी महिला थियो।[१] मातृभूमि नेपाल दलले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४४० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,०९९ मत प्राप्त गरेको थियो ।[२] निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्र आयोगमा नबुझाउने राजनैतिक दलहरुको दल खारेज गरेको बेला सो दल को दर्ता पनि खारेज गरिएको हो । आयोगको २०७८ साउन १९ गते मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०