माईस्थान इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल हो। स्थानीय मूल बजार स्थित प्रसिद्ध भगवतीको मन्दिर रहेको यस स्थानमा नियमित पूजापाठ हुनको साथै प्रत्येक बडादशैंमा बढाइँ गर्ने चलन छ। इलाम बजारको मध्य भागमा रहेको यो स्थानलाई 'खलङ्गा खाल्डो' र मन्दिर अगाडिको ढुङ्गालाई 'इलङ्गा ढुंगा' भनिन्छ। यो मन्दिरको निर्माण काजी हेमदल थापाले विस १८७६-१९२२ गराई देवीको रूपमा माई नदीको शिला स्थापना गरेका थिए। हाल माइस्थान प्यागोडा शैलीको मन्दिर बनेको छ। मन्दिर नजीकै गणेश, डँकिनी र सिंहवाहिनीका स-साना मन्दिरहरू पनि रहेका छन।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्