मयमनसिङ्ह सदर उपजिल्ला
मयमनसिङ्ह सदर (बङ्गाली: ময়মনসিংহ সদর) बङ्गलादेशको पूर्वी भागमा पर्ने जिल्ला मयमनसिङ्हको एक उपजिल्ला हो। यो उपजिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्दछ।[२]
मयमनसिङ्ह सदर
ময়মনসিংহ সদর | |
---|---|
निर्देशाङ्क: २४°४५′उ॰ ९०°२५′पू॰ / २४.७५०°N ९०.४१७°Eनिर्देशाङ्कहरू: २४°४५′उ॰ ९०°२५′पू॰ / २४.७५०°N ९०.४१७°E | |
देश | बङ्गलादेश |
विभाग | मयमनसिङ्ह विभाग |
जिल्ला | मयमनसिङ्ह जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ३८८.४५ किमी२ (१४९.९८ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१]) | |
• जम्मा | ७७५,७३३ |
• घनत्व | २०००/किमी२ (५२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | http://mymensinghsadar.mymensingh.gov.bd |
भूगोल
सम्पादन गर्नुहोस्मयमनसिङ्ह सदर उपजिल्ला बङ्गलादेशको दक्षिण भागमा पर्छ भने यो उपजिल्ला २४°३८' देखि २४°५४' उत्तर अक्षांश र ९०°११' देखि ९०°३०' पूर्वी देशान्तरमा अवस्थित छ। मयमनसिङ्ह सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३८८.४५ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नकला र फुलपुर उपजिल्लाले उत्तर, त्रीशाल र फुलबारी उपजिल्लाले दक्षिण, ईश्वरगञ्ज र गैरी उपजिल्लाले पूर्व र मुक्तगच्छा र जामालपुर सदर उपजिल्ला पश्चिमबाट घेरेको छ। पुरानो ब्रहम्मपुत्र यस उपजिल्लाको प्रमुख नदि हो।
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो। २७ मार्चका दिन पाकिस्तानी सेना र बङ्गलादेशको लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान भएको थियो। २३ अप्रिका दिन पाकिस्तानी सेनाले मयमनसिङ्ह सहरमा कब्जा जमाएका थिए भने उनीहरूले त्यहाँ अवस्थित थुप्रै मानिसहरूको हत्या गरेका थिए। दिगहर कान्दका स्थानीय मानिसहरू एक रात पाकिस्तानी सेनाले आक्रमण गर्न लाग्दा केही धारिला हतियार द्वरा।सेनाको प्रतिरोध गरेका थिए भने उक्त रात एक पाकिस्तानी सेनाको मृत्यु भएको थियो। उक्त घटनाको फलस्वरूप १० डिसेम्बरका दिन पाकिस्तानी सेनाले मयमनसिङ्ह सदर उपजिल्लाका थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ६७४४५२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ३५०३७२ छ भने महिलाको जनसङ्ख्या ३२४०८० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ६३१०१८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४१९४८ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १२४५, इसाई धर्मको ९३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४८ रहेको छ। यस उपजिल्लामा ६१४ मस्जिद, २२ मन्दिर र ४ गृजाघर र ५ चिहानहरू रहेका छन्।[३] यस जिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू यस प्रकार छन्; मयमनसिङ्ह बरो मस्जिद, गङ्गीनापुर मस्जिद, रेल स्टेसन जामे मस्जिद, कचारी नूर जामे मस्जिद, सङ्कीपारा जामे मस्जिद, कोतवाली शिव मन्दिर, बप्टिष्ट गिर्जाघर, पण्डितबाडी मन्दिर, साधु प्याट्रिक गिर्जाघर आदि।[४]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लामा ५३.२६% कृषि योग्य जमिन रहेको छ भने बाकीँ भागहरू घर, उद्योग आदि रहेका छन्। यस जिल्लामा आलु, मौसमी तरकारी, गेडागुडी, धान आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेका अरहार र तोरी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, रुख कटर, केरा, भुइँकटर, बदाम, खरबुजा, लिची, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा ६३ माछा पालन केन्द्र, ६ दुग्ध सङ्कलन केन्द्र, ५४ कुखुरा पालन केन्द्र, १७ ह्याचरी, ३ गहुँ पिसानी केन्द्र, ८ बरफ उद्योग, १ जुट उद्योग, २ खैनी उत्पादन केन्द्र आदि रहेका छन्। यस उपजिल्लाले गहुँ, केरा, अन्य फलफूल र छालाका सामग्रीहरू निर्यात गर्दै आएको छ।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३४.५७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.०५% मजदुरी, व्यापार र उद्योगमा १.०१%, वाणिज्यमा १०.१८%, सञ्चार र यातायातमा ६.६८%, रेमिटेन्समा ०.८६%, निर्माण क्षेत्रमा ४.०३%, सुविधा १६.५४%, धार्मिक सेवा ०.२४% र अन्य १२.८४% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय मयमनसिङ्ह सदर थानाको सन् १८६७ मा स्थापना गरिएको थियो भने सन् १९८४ मा यसलाई जिल्लामा परिणत गरिएको थियो। मयमनसिङ्ह सदर उपजिल्लामा हाल २० सङ्घ/वडा, २१३ मौजा/महल्ला र १७३ गाउँहरू रहेका छन्। यस उपजिल्लाको सहर परिषद् नदिको छेउमा अवस्थित छ जसलाई प्राचीन राजाले स्थापना गरेका थिए।[५][६]
शिक्षा
सम्पादन गर्नुहोस्यस उपजिल्लाको कुल साक्षरता दर ४९.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५३.४% छ भने महिलाको साक्षरता दर ४६.१% रहेको छ। यस उपजिल्लामा १ विश्वविद्यालय, १८ क्याम्पस, २ मेडिकल क्याम्पस, १ आयुर्वेदिक क्याम्पस, ३ शिक्षक शिक्षण केन्द्र, ६७ माध्यमिक विद्यालय, १ प्राथमिक शिक्षक शिक्षण संस्था, २ व्यवसायीक शिक्षण संस्था, १६६ प्राथमिक विद्यालय, ६४ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; बङ्गलादेश कृषि विश्वविद्यालय (सन् १९६०), आनन्द मोहन सरकारी क्याम्पस (सन् १९०८), मयमनसिङ्ह मेडिकल क्याम्पस (सन् १९६८), मयमनसिङ्ह कन्या सैनिक क्याम्पस, मुकुल निकेतन उच्च विद्यालय (सन् १९५९), विद्यामोही सरकारी कन्या उच्च विद्यालय (सन् १८७३), महाकाली कन्या विद्यालय तथा क्याम्पस (सन् १९०७), इडवर्ड शिक्षण संस्था (सन् १९०३), राधा सुन्दरी कन्या उच्च विद्यालय (सन् १९२७), मयमनसिङ्ह जिला विद्यालय (सन् १८५३), सिटी सैनिक विद्यालय (सन् १८८३), बङ्गलादेश रेलवे सरकारी उच्च विद्यालय (सन् १९२५), नसिराबाद सैनिक क्याम्पस (सन् १९११) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ সমস্ত উপজিলোর নির্বাহী অদিকারীয়রা সুচি-জন প্রশাসন মন্ত্রনালয়, বংলাইকায়েশন वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१३ मिति
- ↑ আজাহার সরকার (सन् २०१२), "ময়মনসিংহ সদর", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "বাংলাদেশ জনসংখ্যা ও আবাসন আদমশুমারি ২০১১: জেলা রিপোর্ট - ময়মনসিংহ", टेबर पि०१, বাংলাদেশ পরিসংখ্যান ব্যুরো, পরিকল্পনা মন্ত্রক, জনগণের প্রজাতন্ত্র বাংলাদেশ সরকার, अन्तिम पहुँच १४ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १६ डिसेम्बर २०१८ मिति
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ জুলাই, ২০১৫), "এক নজরে ময়মনসিংহ সদর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।[स्थायी मृत कडी]
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।