मन शरीरको भित्रको त्यो अदृश्य भाग हो जसबाट विचारको उत्पत्ति हुन्छ। यो मस्तिष्कको कार्यशक्तिको द्योतक हो। यो कार्यशक्ति धेरै तरिकाको हुन्छ, जस्तै चिन्तन शक्ति, स्मरण-शक्ति, निर्णय शक्ति, बुद्धि, भाव, इन्द्रियाग्राह्यता, एकाग्रता, व्यवहार, परिज्ञान (अंतर्दृष्टि), इत्यादि।

फ्रायड नामक मनोवैज्ञानिकको बनावटको अनुसार मनका तीन भागहरूमा वर्गीकृत भएको थियो :

सचेतन

यो मनको लगभग दशौँ हिस्सा हो, जसमा स्वयं तथा वातावरणको बारेमा जानकारी (चेतना) रहन्छ। दैनिक कार्यहरूमा व्यक्ति मनको यसै भागको व्यवहारमा ल्याइन्छ।

अचेतन

यो मनको लगभग ९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन। यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरूमा प्रभाव पार्छ। यसको बोध व्यक्तिको आउने सपनाहरूसित हुन सक्छ। यसमा व्यक्तिको मूल-प्रवृत्तिसित जोडिएका इच्छाहरू जस्तै भोक, प्यास, यौन इच्छाहरू दबिरहेका हुन्छन्। मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन। यदि यस भागमा दबेका इच्छाहरू नियन्त्रण-शक्तिबाट बचेर प्रकट भएर त धेरै लक्षणहरू उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन्।

अर्धचेतन वा पूर्वचेतन

यो मनको सचेतन तथा अचेतनको बीचको भाग हो, जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छ, जस्तै स्मरण-शक्तिको त्यो भाग जसलाई व्यक्ति प्रयास गरेर कुनै घटनालाई सम्झना गर्नमा प्रयोग गर्न सक्छ। फ्रायडले कार्यको अनुसार पनि मनको तीन मुख्य भागहरूम वर्गीकृत गरेका छन्।

इड (मूल-प्रवृत्ति)

यो मनको त्यो भाग हो, जसमा मूल-प्रवृत्तिका इच्छाहरू (जस्तै कि उत्तरजीवित यौनता, आक्रामकता, भोजन आदि सम्बन्धी इच्छाहरू) रहन्छन्, जसले चाँडै संतुष्टि चाहन्छ तथा आन्न्द र पीरका सिद्धान्तमा आधारित हुन्छन्। ती इच्छाहरू अतार्किक तथा अमौखिक हुन्छन् र चेतनामा प्रवेश गर्दैनन्।

ईगो (अहम्)

यो मनको सचेतन भाग हो जसले मूल-प्रवृत्तिका इच्छाहरूलाई वास्तविकता अनुसार नियन्त्रित गर्छ। यसमा सुपर-ईगो (परम अहम् वा विवेक)को प्रभाव पर्दछ। यसको आधा भाग सचेतन तथा अचेतन हुन्छ। यसको प्रमुख कार्य मनुष्यलाई तनाव वा चिन्ताबाट बचाउनु हो। फ्रायडको मनोवैज्ञानिक पुत्री एना फ्रायड अनुसार यो भाग डेढ वर्षको आयुमा उत्पन्न हुन्छ जसको प्रमाण यो हो कि यो आयु पछि नानी आफ्ना अंगहरूलाई चिन्न थाल्छन् तथा उनमा अहम् भाव (स्वार्थीपन) उत्पन्न हुन्छ।

सुपर-ईगो (विवेक; परम अहम्)

यो मनको त्यो भाग हो जुन अहम्बाट सामाजिक, नैतिक जरूरतहरूको अनुसार उत्पन्न हुन्छ तथा अनुभवको एक भाग बन्छ। यसको अचेतन भागलाई अहम्-आदर्श (ईगो-आइडियल) तथा सचेतन भागलाई विवेक भन्छन्। ईगो (अहम्)को मुख्य कार्य वास्तविकता, बुद्धि, चेतना, तर्क-शक्ति, स्मरण-शक्ति, निर्णय-शक्ति, इच्छा-शक्ति, अनुकूलन, समाकलन, छुट्याउने प्रवृत्तिलाई विकसित गर्नु हो।

चिकित्सा विज्ञानको एक महत्त्वपूर्ण शाखा जुन कि मनोरोगहरूको उपचार, निदान एवं निवारण सँग सम्बन्ध राख्छ।

विज्ञानको त्यो शाखा हो जसमा मनका सामान्य क्रियाको अध्ययन गरिन्छ। मनोवैज्ञानिकहरूलाई प्रशिक्षणको लागि चिकित्साको ज्ञान जरूरी छैन, यसैले मनोवैज्ञानिक प्राय केवल मनोरोगहरूको जाँच-पडताल (न कि उपचार)मा सहयोग दिन्छन्।

मनोरोगहरूको उत्पत्तिको कारणहरूको पत्ता लगाउन एउटा विधि जुन केही प्रकारका मनोरोगहरू, जस्तै हिस्टीरिया आदिको उपचारमा पनि सहायक हुन्छन्। यसको लागि मनोरोग चिकित्सा वा मनोविज्ञानको जानकारी हुनु आवश्यक हुन्छ।

मन एक भूमि मानिन्छ, जसमा संकल्पविकल्प निरंतर उठिरहन्छन्। विवेक शक्तिको प्रयोग गरेर राम्रो र नराम्रोको अन्तर छुट्याइन्छ। विवेकमार्ग अथवा ज्ञानमार्गमा मनको निरोध गरिन्छ, यसको पराकाष्ठा शून्यमा हुन्छ। भक्तिमार्गमा मनलाई परिणत गरिन्छ, यसको पराकाष्ठा भगवानको दर्शनमा हुन्छ।

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्
"https://ne.wikipedia.org/w/index.php?title=मन&oldid=1044473" बाट अनुप्रेषित