मङ्गलोर (तुळु: कुड्ला ; कोंकणी: कोडयाल; ब्यारि: मायकला; कन्नड: ಮಂಗಳೂರು / मङ्गलोर) भारत को कर्नाटक प्रान्त को एक शहर हो । यो शहर देश को पश्चिमी भागमा रहेको छ । यो शहर को पूर्व मा पश्चिमी घाटि तथा पशिचम मा अरब सागर रहेको छ ।

मङ्गलोर
मङ्गलोर
ಮಂಗಳೂರು
सरकार
 • MayorGanesh Hosabettu
जनसङ्ख्या
 (2001)
 • जम्मा३९८,७४५
वेबसाइटwww.mangalorecity.gov.in

मङ्गलोर दक्षिण कन्नड जिल्ला को मुख्यालय हो ।

अरब सागर र पश्चिमी घाटी को बिचमा रहेको मङ्गलोर सहर बषौ देखि वाणिज्य गतिबिधिको केन्द्र रहेको छ । कर्नाटकको नेत्रावती तथा गुरूपुरा नदीहरूको संगम स्थलमा बसेको मङ्गलोर कर्नाटकको दक्षिण पश्चिमी तटमा अवस्थित रहे को छ । मङ्गलोर सहरलाइ प्राचिन कालमा 'नौरा' नामले पनि सम्बोधन गरिने गरिन्थ्यो । मङ्गलोर नाम मङ्गला देवी मन्दिरको नामबाट रहन गएको हो ।[] मङ्गला देवी अपुला राजवंश की कुलदेवी थिइन् । यो मन्दिर केरला कि राजकुमारीको सम्झनामा बनाइएको थियो ।

 
मङ्गलोर शहर को दृष्य

मङ्गलादेवी मन्दिर

सम्पादन गर्नुहोस्
चित्र:Mangaladevi (Commons).jpg
मङ्गलादेवी , जसको नामबाट यो शहरको नाम रहेको छ।

यो मन्दिर को नामबाट यो शहरको नाम मङ्गलोर रहन गएको हो । यो मन्दिर शहरको मुख्य बस बिसौनीबाट ३ किलोमीटर दूर मा रहेको छ । यो मन्दिरलाइ अट्टावरका बलाल वंश द्वारा केरला कि राजकुमारीको सम्झनामा बनाएका थिए ।

कादरी मंजूनाथ मन्दिर

सम्पादन गर्नुहोस्

यो कादरी मंजूनाथ मन्दिर एक ऐतिहासिक मन्दिर हो । यो मन्दिर १०६८ ई. मा बनेको थियो । वर्गाकर आकारमा रहेको यो मन्दिर सबै भन्दा अग्लो पहाडमा अवस्थित रहेको छ । मन्दिरमा स्थापित लोकेश्वर को प्रतिमा कास्य धातुको सबै भन्दा उत्तम मानिने गरिन्छ । मन्दिरको आगनमा जोगीमठ रहेको छ जसमा राजा भुपेन्द्रलाइ बनाएको छ । त्यहाँ रहेका पहाडका चट्टानहरूमा गुफाहरु रहेका छन् जसलाई पाण्डवहरूको गुफाले जानिने गरिन्छ ।

सेन्ट अलोयसियस चर्च

सम्पादन गर्नुहोस्

सेन्ट अलोयसियस चर्च नेहरु बस बिसौनीबाट १ किलोमीटर टाढा रहेको छ । चर्चको ढोकाहरु इटलीका कलाकार एन्टोनी मोशायनीले पेन्टी गरेका थिए । चर्चको निर्माण १८९९ - १९०० ई. मा भएको थियो । सेन्ट अलोयसियस कलेज लाइटहाउस पहाडमा अवस्थित छ जसको को तुलनामा रोमको सिसटीन चेपलसँग गरिने गरिन्छ ।

श्री शरावू महागणपति मन्दिर

सम्पादन गर्नुहोस्

शरावु महागणपति मन्दिर परिसरमा अनेक मन्दिर रहेका छन् जो शरावु, कादरी, मङ्गलादेवी तथा कुदरोली आदि रहेका छन् । यिनी सबै मन्दिरहरूमा ८०० वर्ष पुरानो श्री शरावु शाराबेश्वर मन्दिर सबै भन्दा पुरानो लोकप्रिय मन्दिर रहेको छ । यो मन्दिर गणपति क्षेत्रमा अवस्थित छ ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "STD Codes for cities in Karnataka", भारत सञ्चार नगर लिमिटेड (BSNL), अन्तिम पहुँच २००८-०७-०६ 
  2. "Central Excise and Service Tax Location Code (Areas Under the Range West of Mangalore-II DVN (610201)", Central Board of Excise & Customs, अन्तिम पहुँच २००८-०७-०५  वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-१२ मिति
  3. "List of RTOs", AICDA (All India Car Dealers Association), अन्तिम पहुँच २००८-०४-०८ 
  4. Kameshwar, G. (२००४), Tulu tales: a soota chronicle, Rupa & Co., पृ: ८, आइएसबिएन 978-81-291-0427-4 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्