भौतिकतावाद एक सैदान्तिक विश्वास हो। यसका प्रवर्तकहरू भौतिक यानेकी लौकिक रूपमा रहेका र प्रत्येक्ष अनुभव गर्न सकिने कुरामा मात्र विश्वास राख्दछन्। भौतिकतावादीहरू कुनै पनि ठोस सबुत या गणितीय रूपमा सिद्ध गर्न सकिने कुरामा मात्र विश्वास राख्दछन्।

भौतिकतावादको युरोपको पुनर्जागरण पछि मूख्यरूपमा बृद्धि भए पनि यसको उत्पत्तिको बारेमा कुनै पनि किटानी रहेको छैन। भौतिकतावादीहरू ईश्वरमा विश्वास नराख्न सक्छन यानेकी प्राय: भौतिकतावादीहरू नास्तिक हुन्छन। भौतिकतावादीहरू यो संसारको शृष्टि र चलायमान केवल भौतिक नियमहरूद्वारा हुनेमा विश्वास राख्दछन। कहिले काही यिनीहरूलाई वस्तुवादी(Materialist) भनेर पनि भनिन्छ।

भौतिकवादमा प्रसिद्ध दार्शनिक कार्ल मार्क्सको द्वन्दात्मक भौतिकवाद प्रख्यात रहेको छ।