भूषण दाहाल

नेपाली मेडिया ब्यक्तित्वो

भूषण दाहाल (जन्म १८ मे, सन् १९६६) नेपाली चलचित्र तथा सङ्गीत भिडियो निर्देशक एवम् पत्रकार हुन् । उनको ठूलो योगदान विभिन्न भिडियो निर्देशन तथा डक्युमेन्ट्री चलचित्र निर्देशन हो ।

भूषण दाहाल
जन्म१८ मे, सन् १९६६
पेशानिर्देशक, पत्रकार
कार्यकालसन् १९८८-वर्तमान्
उल्लेखनीय कार्य
कागबेनी (चलचित्र)

उनले विभिन्न कलाकार तथा गायकहरू जस्तै नीमा रुम्बा, रामकृष्ण ढकाल, राजेश पायल राई, १९७४ एडी, ओम विक्रम विष्ट, योगेश्वर अमात्य, निह्यू बज्राचार्यहरूसँग निर्देशन कार्य गरिसकेका छन् । नेपथ्यसँगको स कर्णाली उनको उत्कृष्ट निर्देशन मानिन्छ । [१]

सन् १९८८-१९९०को कालखण्डमा उनले सन्डे पप नामक अन्तर्राष्ट्रिय पप सङ्गीत कार्यक्रममा प्रस्तोताको रूपमा प्रदर्शित भए । नेपाल टेलिभिजनद्वारा प्रसारित विजय कुमार पाण्डेको कार्यक्रम दिशानिर्देशको सुरूवात उनले गरेका थिए । सन् २००३ देखि उनले फायरसाइड कार्यक्रम लगातार सञ्चालन गरिरहेका छन् ।[२]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

बाह्य लिंक सम्पादन गर्नुहोस्