भिटामिन डी
भिटामिन डी मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।
भिटामिन डी | |
---|---|
Drug class | |
Use | Rickets, osteoporosis, vitamin D deficiency |
Biological target | vitamin D receptor |
ATC code | A11CC |
External links | |
MeSH | D014807 |
AHFS/Drugs.com | MedFacts Natural Products |
भिटामिन 'डी' दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन 'डी'को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या 'रिकेट्स' हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन 'डी' को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। यस्ता समस्या रोक्न घर-आँगनमा छताछुल्ल निःशुल्क रूपमा प्राप्त हुने सूर्यको किरणमा बस्न सिकाउनुपर्ने भएको छ। खासगरी किशोर-किशोरी र युवा छाला कालो हुन्छ भनेर घाममा बस्न हिच्किचाउँछन्। तर, उनीहरूलाई सिकाउनुपर्छ कि १५ देखि २० मिनेट सूर्यको किरणमा बस्नाले हाड बलियो हुनुका साथै उनीहरूको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। भिटामिन 'डी' भिटामिन मात्र होइन, यसले शरीरमा हर्मोनको पनि काम गर्छ। जब सूर्यको किरणले छालामा छुन्छ, तब यसले भिटामिन 'डी'लाई हर्मोन 'डी थ्री'मा बदल्छ र शरीरलाई स्वस्थ्य बनाइराख्न सकारात्मक भूमिका निर्वाह गर्छ।
भिटामिन 'डी' पनि भिटामिन 'ए' र 'के' जस्तै बोसोमा घुल्छ। र, भिटामिन 'ए'जस्तै शरीरमा जम्मा भएर रहिरहन सक्छ। त्यसैले दिनदिनै घाममा बस्न सकिएन भने पनि चिन्ता गर्नुपर्दैन। हप्तामा तीन-चारपटक घाममा बस्न सके पनि पुग्छ। बोसोमा घुलनशील भएकाले बर्सादका दिनमा घाम नलागेमा घाममा बस्न पाइएन भनेर चिन्ता गर्नुपर्दैन, शरीरमा जम्मा भएको भिटामिन 'डी'ले नै काम गररिरहेको हुन्छ। गर्भवती महिला र शिशुलाई घाममा राखेर तेल लगाउनाले मालिसबाट हुने फाइदाका साथै सुत्केरी आमा र नवजात शिशु दुवैले पर्याप्त मात्रामा भिटामिन 'डी' पाउँछन् भन्ने तथ्यको ज्ञानचाहिँ सायद हामीमा परापूर्वकालदेखि नै थियो। त्यही भएर यो विधि हामीकहाँ परम्परा नै भइसकेको छ।
विभिन्न अध्ययनले देखाएका छन्, शारीरकि स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि भिटामिन 'डी' महत्त्वपूर्ण छ। घाम नलागेको दिनमा हामी नरमाइलो महसुस गर्छौं, 'मुड अफ' भएको मान्छौँ। यसको अर्थ सूर्यको किरणमा हुने भिटामिन 'डी'ले नै हामीलाई जीवन्त पाररिहेको हुन्छ। हुन त घाममा बस्नेहरूको शरीरमा समेत भिटामिन 'डी' नपुगेका उदाहरण छन्। किन त ? घाममा लुगा लगाएर बसेपछि सूर्यको किरणले छालामा छुनै पाउँदैन। दिनरात कोठामा बढी बस्ने, बाहिर हिँड्दा पनि सूर्यको किरणले नछोओस् भनेर क्रिम लगाउनेहरूलाई भिटामिन 'डी'को कमी हुन सक्छ।
खासमा बिहानको ९ बजेदेखि दिउँसोको ३ बजेको बीचमा कुनै पनि समयमा १५ मिनेटदेखि आधा घन्टासम्म घाममा बस्न सकियो भने शरीरलाई पर्याप्त मात्रामा भिटामिन 'डी' पुग्छ। शरीरको ४० प्रतिशत भागमा सीधै सूर्यको किरण पर्यो भने शरीरले पर्याप्त मात्रामा भिटामिन 'डी' प्राप्त गर्छ। तर, शरीरको रंग कालो वा गहुँगोरो हुनेहरूले सेतो छाला भएकाहरूको तुलनामा घाममा बढी नांगो छाला देखाउनुपर्छ, भिटामिन 'डी' पाउनलाई।
ढाड दुखिरहने समस्या हुने युवक-युवतीहरूले आफूमा कतै भिटामिन 'डी'को कमी त भएको छैन भनेर विचार गर्नुपर्छ।महिलामा रजस्वलापछि भिटामिन 'डी'को कमी देखिने सम्भावना हुन्छ। तर, आधुनिक जीवन र खानपानसहित घर र अफिसमा व्यस्त वयस्क महिलामा पनि यो समस्या बढी देखिन थालेको छ। जसका कारण बढी थकाइ लाग्ने, ढाड र हातखुट्टा दुख्ने आदि समस्या देखा पर्छन्। विशेषगरी वृद्ध उमेरका व्यक्तिलाई भिटामिन 'डी'को झनै खाँचो हुन्छ। बिरामी भएर उठेका र कोठाभित्र बसिरहेका वृद्धवृद्धालाई बाहिर घाममा घुमाउने र ढाड, हातलगायत शरीरमा तेलको मालिस गरिदिन सके उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्घाम ताप्नूस्, स्वस्थ रहनूस्[स्थायी मृत कडी]