भिक्टर ह्युगो
भिक्टर म्यारी ह्युगो (२६ फेब्रुअरी १८०२ – २२ मे १९८५) फ्रान्सेली कवि, उपन्यासकार र नाटककार थिए । उनी फ्रान्सेली लेखकहरु मध्येका महान् मानिन्छन् । उनका ले कोतँप्लाँसो र ला लजों दे सिएसस् कविता सङ्ग्रह उच्च स्तरका मानिन्छन् । फ्रान्स बाहिर उनको ले मिजरबेल र नोथ्र देम दे पेरिस उपन्यास चर्चित छन् । उनका ४००० भन्दा बढी कोरिएका चित्रहरू राम्रा मानिन्छन् । उनी "मृत्यु दण्ड" हटाउन मदत गर्ने एक अभियन्ता मानिन्छन् । उनका कला-कृतिहरूले उनको समयको राजनीतिक र सामाजिक विषयहरूलाई छोएका छन् । उनको सम्मानमा फ्रान्सेली मुद्रामा उनको तस्बिर राखिएको छ ।
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्ह्युगो जोसेफ दम्पतीको तेस्रो छोराका रूपमा सन् १८०२ मा जन्मिए । बाबू जोसेफ लियोपोल्ड नेपोलियन पक्षधरका थिए भने आमा सोफि क्याथोलिक थिइन् । ह्युगोको बाल्यकाल फ्रान्सको राजनीतिक उथलपुथलमा रह्यो, ह्युगो जन्मेको २ वर्षपछि नेपोलियन फ्रान्सको शासक बने । पछि ह्युगो तेह्र वर्षको हुदाँ बोर्बन साम्राज्य पुन: फर्कियो । ह्युगोको बाबू जोसेफ नेपोलियनको सैन्य पदाधिकारी हुनाले ह्युगोले विभिन्न ठाउँहरू घुम्न पाए । बाल्यकालमा ह्युगोले नेप्लस्, मेडिटेरिनियन र रोमहरू घुम्ने अवसर पाए ।
ह्युगोका आमा सोफिले सुरुमा बाबू जोसेफलाई नै इट्लीसम्म पछ्याए जहाँ जोसेफ तीन स्पेनी प्रान्तहरूको गभर्नर बने । सैन्य-जीवन र क्याथोलिक विश्वासरहित हुनाले सोफि पेरिसमा आफ्ना श्रीमानबाट केही समय छुट्टिएर आफ्नो बच्चाहरू बसिन् । यस स्वरुप ह्युगोको सुरुका रचनाहरूमा राजा र विश्वासका भावनाहरू झल्किन्छन् । सन् १८४८ पछि मात्र उनका रचनाहरूमा क्याथोलिक राज्य विरोधी र स्वतन्त्र हुनुपर्ने भावहरू पाइन्छन् ।
भिक्टर आफ्नो बाल्यकालकी साथी एड्ली फुचरसँग प्रेममा परे, जुन आमा सोफिको इच्छा विपरित थियो । सन् १८२२ मा आमा सोफिको मृत्यु पछि मात्र ह्युगोले एड्लीसँग विवाह गरिन् । उनीहरूको पहिलो सन्तानको सानैमा मृत्यु भयो । दोस्रो सन्तान लियोपोल्डिन २८ अगस्ट १८२४ मा जन्मिए, चार्लस ४ नोभेम्बर १८२६ मा, फ्रान्स्वाँ २८ अक्टोबर १८२८ मा र कान्छी सन्तान २४ अगस्ट १८३० मा भयो ।
ह्युगोको जेठी र प्यारी सन्तान लियोपिडिनको, विवाह पछि सन् १८४३ मा, उन्नाइस वर्षको उमेरमा मृत्यु भयो । ४ सेप्टेम्बर १८४३ मा उनी ढुङ्गा दुर्घटनामा परिन् । ह्युगो यश समय दक्षिण फ्रान्समा थिए र आफ्नी छोरीको मृत्यु पत्रिकाबाट मात्र थाहा पाए ।
उनले आफ्नो वेदना, चर्चित बन्न सफल कवितामा, À Villequier यसरी व्यक्त गरे:
Hélas ! vers le passé tournant un œil d'envie,
Sans que rien ici-bas puisse m'en consoler,
Je regarde toujours ce moment de ma vie
Où je l'ai vue ouvrir son aile et s'envoler!
Je verrai cet instant jusqu'à ce que je meure,
L'instant, pleurs superflus !
Où je criai : L'enfant que j'avais tout à l'heure,
Quoi donc ! je ne l'ai plus !
हाय! पुर्याउँदा इर्ष्यापूर्ण आखाँहरू बितेको समयमा,
ढाढस दिन केही सक्दैनन् यस धरणीमा,
म जीवनका बितेका समय पछ्याउँछु,
जब म उनलाई पखेटा खोली टाढा
उड्दैँ गरेको देख्छु!
म तुरुन्त नमरुन्जेल देखिरहनेछु,
तुरुन्त कि — यति धेरै आँसुहरू!
जब म पिडामा कराउनेछु: " सन्तान मेरो जो
यहीँ थियो—
हँ! अब ऊ मसित रहिन!"
नेपोलियन तेस्रोको सन् १८५१ को कु पछि ह्युगोले फ्रान्स छाडी ब्रसेल्स, चेनल आइल्यान्स, जर्जी र गुरनसी मा जीवन बिताए । सन् १८७३ पछि मात्र ह्युगो फ्रान्स फर्किए ।