भर्जिनिया वुल्फ (२५ जनवरी १८८२ – २८ मार्च १९४१) बिसौँ शताब्दीको अङ्ग्रेजी साहित्यको आधुनिक लेखिका थिइन् । विश्व युद्ध १ र २ को बिचमा उनी उल्लेख्य व्यक्तित्व थिइन् र बुल्मसबेरी ग्रुप नामक साहित्यिक समूहको प्रमुखकर्ता थिइन् । टु द लाईटहाउस (१९२७), ओर्लयान्डो (१९२८), अ रुम अफ वान्स ओन (१९२९) उनका केही चर्चित कृति हुन् । जीवन भरी नै मानसिक रोगले ग्रस्त वुल्फले सन् १९४१ मा ५९ वर्षको उमेरमा आत्महत्या गरिन् ।

भर्जिनिया वुल्फ
वुल्फ सन् १९०२ मा
जन्मएडिलिन भर्जिनिया स्टेफन
(१८८२-०१-२५)२५ जनवरी १८८२
इङ्ग्ल्यान्ड
मृत्यु२८ मार्च १९४१(1941-03-28) (उमेर ५९)
इङ्ग्ल्यान्ड
राष्ट्रियताबेलायती
मातृ शिक्षाप्रतिष्ठानकिङ्स कलेज, लन्डन
पेशाउपन्यासकार, कथाकार, समालोचक, प्रकाशक
जीवनसाथीलियोनार्ड वुल्फ
हस्ताक्षर

सुरूवाती जीवन सम्पादन गर्नुहोस्

 
वुल्फकी आमा जुलियाको तस्बिर

भर्जिनिया वुल्फको जन्म एडलिन भर्जिनिया स्टेफेनको रूपमा लण्डनमा भयो । उनका बाबू सर लेस्ली स्टेफन (१८३२-१९०४) इतिहासकार, लेखक, समालोचक र पर्वतारोही थिए र आमा जुलिया भने भारतमा जन्मिएकी बेलायती थिइन् ।

वुल्फको शिक्षा आफ्नै आमाबाबुको शैक्षिक वातावरणमा भयो ।

वुल्फ १३ वर्ष हुदाँ उनकी आमाको मृत्यु र दुई वर्ष पछि, वुल्फकै सौतेली दिदी स्टेलाको मृत्युबाट वुल्फ मर्माहत भइन् । उनले पछि ग्रिक, लेटिन, जर्मन र इतिहासको किङ्ग्स कलेज लण्डनमा सन् १८९७ देखि १९०१ मा अध्ययन गरिन् ।

कार्यहरू सम्पादन गर्नुहोस्

बाह्य भिडियो
 
  [१] सन् १९३७ मा बिबिसी रेडियोमा बोल्दै वुल्फ

मृत्यु सम्पादन गर्नुहोस्

बिटुइन द एक्टस् नामक उपन्यास लेखी भ्याइसकेपछि उनी पुन: फेरि पहिले भए जस्तै मानसिक रूपमा बिमार परिन् । द्वितीय विश्व युद्ध को सुरुवात, युद्धमा उनको लण्डनको घर तहसनहस हुनु र उनले आफ्नो मृत साथीको बारे लेखेकी जीवनीको अरुले हलुका रूपमा ग्रहण गर्नाले उनी आफ्नो कामहरु गर्नै नसक्ने स्थितिमा पुगिन् । २८ मार्च १९४१ मा उनले आप्नो घर नजिकको खोलामा डुबेर आत्महत्या गरिन्, उनको शव १८ अप्रिलसम्म पनि पाइएको थिएन ।[१] उनको श्रीमान्ले उनको दाहसंस्कार गरे ।

उनले श्रीमानको लागि लेखेकी अन्तिम पत्रमा लेखिएको थियो :

प्यारा मलाई थाहा छ, म फेरि पागल बन्दै छु । मलाई लाग्छ, हामि फेरि त्यही पुराना कहाली लाग्दा दिनहरूमा फर्कन सक्दैनौँ । म यसपालि ठिक हुन सक्दिन । म आवाजहरू सुन्छु र एकत्रित हुन सक्दिन । त्यसैले, म आफूले सक्ने गर्दैछु । तिमीले मलाई ठूलो खुसी दिएका छौ । तिमी बन्न सक्ने बनेका हौ । मलाई लाग्दैन दुई व्यक्ति यति समयसम्म खुसी भइरहन सक्छन् । म अब धेरै बेर सम्म लडिरहन सक्दिन । मलाई थाहा छ म तिम्रो जीवन बर्बाद पार्दै छु ।म बिना तिमी बाँच्न सक्छौ, मलाई थाहा छ । तिमी बुझ्न सक्छौ कि म यो पनि लेख्न सकिरहेकी छैन । म पढ्न नसक्ने भएकी छु । मात्र म के भन्छु भने म तिमीले दिएका खुसीहरूको ऋणी भएकी छु । तिमी मेरैसाथ रह्यौ, मलाई थाहा छ । यदि कसैले मलाई बचाउन सक्थ्यो भने त्यो तिमी हुने थियौ । सबै कुरा टाढा नभएका छन् मात्र तिमी बाहेक । म तिम्रो जीवन थप बिगार्न चाहन्न । मलाई लाग्दैन कि कोई दुई व्यक्ति हामी भन्दा यति बढि खुसी हुन सक्लान् । V.[२][३]

आधुनिक विश्लेषण सम्पादन गर्नुहोस्

 
भर्जिनिया वुल्फ १८८२-१९४१, रोमानियाको हुलाक टिकट, २००७
 
ट्राभिस्टक स्कुवाइर, लण्डन मा रहेको वुल्फको सालिक, सन् २००४ मा बनाइएबनाइए पनि यो सन् १९३१ को प्रतिमुर्ति थियो ।

सम्मान सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Panken, Shirley (१९८७), "'Oh that our human pain could here have ending'—Between the Acts", Virginia Woolf and the "Lust of Creation": A Psychoanalytic Exploration, शनि प्रेस, पृ: २६०–२६२, आइएसबिएन 978-0-88706-200-1, अन्तिम पहुँच १३ अगस्ट २००९ 
  2. Jones, Josh, "Virginia Woolf’s Handwritten Suicide Note: A Painful and Poignant Farewell (1941)", Open Culture, अन्तिम पहुँच २८ अगस्ट २०१३ 
  3. Rose, Phyllis (१९८६), Woman of Letters: A Life of Virginia Woolf, Routledge, पृ: २४३, आइएसबिएन 0-86358-066-1, अन्तिम पहुँच २४ सेप्टेम्बर २००८ 

बाह्य कडी सम्पादन गर्नुहोस्