ब्रजेश खनाल
ब्रजेश खनाल नेपाली अभिनेता, चलचित्रका कथा-पटकथा, सम्वाद लेखक, निर्देशक, स्तम्भकार र उपन्यासकार हुन्। हालसम्म उनले ५० भन्दा बढी चलचित्र र २ वटा उपन्यास लेखिसकेका छन् । उनले अभिनय गरेका उल्लेखनीय टेलिफिल्महरू अपुताली र आफ्नो कमाइ निकै चर्चित छन्। मिलन र सारंगी जस्ता केही केही नेपाली चलचित्रहरूमा उनी सहनायकका रूपमा पनि देखिए। सन् २०१९मा उनले प्रमुख भूमिकामा अभिनय गरेको नाटक 'बाथटब' अत्यन्तै सफल र चर्चित रह्यो। सन् २०१८मा उनको तेश्रो कृति, गैरआख्यान 'साइड हिरो' प्रकाशित भएको छ र चर्चामा छ। विभिन्न पत्रपत्रिकाहरूले गरेको सर्वेक्षणमा साइड हिरो वर्ष २०७५को उत्कृष्ट पाँच आख्यानमा पर्न सफल भयो। उनले नेपाली सिनेमा, रेडियो र टेलिभिजनका आफ्ना अनुभवहरू रोचक र पृथक शैलीमा लेखेका छन् । अग्रज साहित्यकार सरुभक्तका अनुसार ब्रजेशले संस्मरण लेखनको नयाँ शैली स्थापित गरेका छन् । लेखकीय अनुशासन भनेको कस्तो हुनुपर्छ भन्ने मानकका रूपमा सरुभक्तले यस कृतिलाई व्याख्या गरेका छन्। चौथो कृतिको रूपमा उनले लेखेको बाल उपन्यास सुरुङको बाटो पनि प्रकाशित छ। उनी एक कथा सङ्ग्रह कादम्बरीको तयारीमा जुटेका छन्। साथै एक अँग्रेजी उपन्यासमा पनि उनी काम गरिरहेका छन्। त्यसको अलावा उनी नियमित रूपमा कान्तिपुर,नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट लगायतका नेपालका राष्ट्रिय दैनिकहरूमा पनि लेखिरहेका छन्।
ब्रजेश खनाल | |
---|---|
जन्म | नेपाल |
पेशा | अभिनेता, चलचित्रका कथा-पटकथा र सम्वाद लेखक, निर्देशक, स्तम्भकार र उपन्यासकार |
राष्ट्रियता | नेपाली |
जीवनी
सम्पादन गर्नुहोस्अंग्रेजी र पत्रकारितामा स्नातक तहसम्म अध्ययन पश्चात उनी नेपालको पहिलो बहु राष्ट्रिय बैङ्क नबिलमा पाँच वर्ष कार्यरत रहे। तत्पश्चात नेपाल टेलिभिजनको पहिलो धारावाहिक पंचतन्त्रबाट उनले अभिनय यात्राको थालनी गरे। अपुताली, आँखा, आफ्नो कमाइ, पावर हाउस, मार्शल, सुनको फूल जस्ता टेलिफिल्ममा नायकको रूपमा उनको अभिनय देख्न पाइन्छ। यसैसंगै उनले टेलिलचित्र र ठूलो पर्दाको चलचित्रमा पनि लेखन शुरु गरे। विजय पराजय, मनकामना, मिलन, नाता, चोट, ट्रक ड्राइभर, मोहनी, सोल्टिनी, झझल्को, बादल, टुहुरो, सीता, सासुबुहारी, करोडपति, नेपाली बाबु, बादल पारि, गोठालो, भाउजु, एकादेशमा, परिभाषा, भीष्म प्रतिज्ञा, सारंगी, आशीर्वाद, खानदान, मेघा, ग्याम्बलर, बजार इत्यादि उनका केही चर्चित चलचित्रहरू हुन्। यी मध्ये केहीमा सहनायकको रूपमा अभिनय गरे पनि पछि उनी लेखनमै सकृय भए।
उनले झण्डै आठ वर्ष निरन्तर नेपाल साप्ताहिकमा लेखेका'बायाँ फन्को' नामक नियमित पाक्षिक स्तम्भ पनि निकै रूचाइएको थियो। त्यस बाहेक कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण, द काठमाण्डु पोष्ट र नागरिक जस्ता राष्ट्रिय दैनिकहरूमा पनि उनी कलम नेपाली तथा अँग्रेजी भाषामा कलम चलाइरहेका छन्। सन् २०१३मा प्रकाशित उनको पहिलो उपन्यास यायावर र त्यसपछि २०१५ मा प्रकाशित उपन्यास जुनेली पनि नेपाली साहित्य बजारमा निकै चर्चामा रहेको छ। सन् २०१८मा प्रकाशित गैर आख्यान'साइड हिरो' पनि पाठकहरूले निकै मन पराएका छन्। बाह्रखरी अनलाइनमा उनको स्तम्भ 'फाइँफुट्टीराज' र त्यसको पात्र फाफुरा निकै लोकप्रीय रहेको छ। विशेष गरेर निजको हास्यव्यंगको चेतका लागि अहिले केहीले उनलाई नेपाली हास्यव्यंगको सम्राट मानिने भैरव अर्यालको पुनर्जन्म समेत भन्न थालेका छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्