बुरूण्डी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बुरूण्डीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बुरूण्डीमा फुटबलको लागि शसकिय निकय बुरूण्डी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । तथापि, टोलीले हालसम्म फुटबलको लगि अन्तर्राष्ट्रिय शासकीय निकाय फिफा द्वारा मान्यता प्राप्त खेलहरूमा प्रतिस्पर्धा गरेको छैन, एक वरिष्ठ राष्ट्रिय टोली हाल निष्क्रिय छ, तर यू-२० टोलीले धेरै खेलहरू खेलेको छ । असमानता र महिलाहरूको लागि शिक्षामा सीमित पहुँचले गर्दा यहाँ फुटबलको विकासमा चुनौतिहरू बनेको छ । सन् २००० सम्म बुरूण्डीमा महिला फुटबल कार्यक्रम अवस्थित थिएन र २००६ मा राष्ट्रिय स्तरमा जम्मा ४५५ खेलाडीहरू सहभागी भएका थिए ।[१]