बिरेनुन पहिलेपहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा आफ्ना नानीहरूलाई बिरेनुन चुस्न दिने गर्दथे। अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रूपमा दिने गर्थे। तर यो घरेलु ओखतीको ठाउँ आजभोलि आधुनिक औषधीले दिइसकेको भएता पनि बैज्ञानिकहरूले बिरेनुनमा दर्जनौ रोगहरूबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन्। अनुसन्धानले के देखाएको छ भने विभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ। प्राचीन काल देखिनै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान मानिदै आइएको छ। त्यसैलाई आधार मानेर हुनसक्छ कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोलि पनि गर्ने गरिन्छ। त्यसो त बिरेनुनको स्वादका कारणले पनि हुनुपर्छ यसका पारखीहरू धेरै छन्। जस्तै चनाचटपटी, पानीपुरी, समोसाको अचार लगायतका चटपटे स्वादका खानेकुरामा यसको मीश्रणकै कारण मानिसहरूको मन लोभ्याउन बिरेनुन सफल भएको हो।

बिरेनुन

यसका फाइदाहरू सम्पादन गर्नुहोस्

  • यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ।
  • शरीरमा पानीको मात्राको पुर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन भूमिका खेल्छ।
  • रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिदैन।
  • यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ।
  • शरीरमा एसीड तथा फासफोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ।
  • नियमित रूपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन। साथै छालामा दुख दिने खटिरा तथा डन्डिफोर आउन पाउँदैन।
  • स्वासप्रश्वास संबन्धी समस्याहुनेहरूका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ।
  • बढ्दो उमेरका केटाकेटीहरूका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ।
  • टाउकोको कोषिकाहरूलाई पुनर्जीवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निद्रा निमत्याउँछ।
  • मांसपेशीलाई बलियो बनाउँछ।
  • रक्तसञ्चारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ।
  • यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिदैन।
  • यसले कलेजो तथा किडनीलाई बलियो बनाउँछ।
  • पिनास, घाँटीदुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ।
  • शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक विचारको विकासमा यसको देन प्रशंसनिय छ।

छालाको समस्या निदान गर्न सम्पादन गर्नुहोस्

  • छालाजन्य विभिन्न रोगहरू
  • सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक
  • छाला चिलाएको तथा एलर्जी
  • पाठेघर संबन्धी समस्याहरू
  • जोर्नीजन्य समस्या तथा शरीर सुनिएकोमा
  • अपरेशन पछिका घाउ निकोपार्न

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्