बिराज महर्जन

नेपाली राष्ट्रिय फूटबल टोलिका कप्तान

विराज महर्जन (जन्म १८ सेप्टेम्बर १९९०) नेपालका एक फुटबल खेलाडी हुन् । नेपाल राष्ट्रिय फुटबल टिमका लागि २००८ मा उनले पहिलो उपस्थिति बनाए । नेपाल फुटबल टोलीका लागि चौथो सबैभन्दा धेरै पटक उनले कप्तानको पद सम्हालेका छन् । उनी नेपाल राष्ट्रिय फुटबल टोलीका नयाँ नियुक्त कप्तान हुन ।[१]

बिराज महर्जन
व्यक्तिगत विवरण
पुरा नाम बिराज महर्जन
जन्म मिति (१९९०-१०-०१) अक्टोबर १, १९९० (उमेर ३०)
जन्म स्थान त्रीपुरेश्वर, नेपाल
उचाई १.७६ मीटर
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब मनाङ मर्स्याङ्दी क्लब
सङ्ख्या
युवा क्लब
एन्फा एकेडेमी
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७-२०१५ थ्री स्टार क्लब (११)
२०१५- मनाङ मर्स्याङ्दी क्लब
राष्ट्रिय टोली
२००८-  नेपाल ५८ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २०१७ फेब्रुअरी

खेल जीवनसम्पादन

विराज महर्जन एक नेपाली डिफेन्डर हुन्।उनि एन्फा एकेडेमीको उत्पादन हुन्।थ्री स्टार क्लब खेल्ने उनी सन् २००७-२०१५ सम्म उक्त क्लबबाट खेलेका थिए । हाल मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुट्बल खेल्छन। महर्जनले क्लबबाट ११ घरेलु गोल तथा नेपालका लागि १ गोलको योगदान समेत गरिसकेका छन् ।[२]

अन्तर्राष्ट्रिय खेलसम्पादन

महर्जनले नेपाली टोलीमा २५ मार्च २००८ देखि खेल्न सुरू गरेका हुन्।कास्कीको पोखरामा भएको पाकिस्तान सँग भएको उक्त मैत्रीपूर्ण खेलमा नेपालले १-० को जीत निकाल्न सफल भएको थियो ।साथै उनी नेपालका लागि सर्वाधिक खेल उपस्थिति जनाउने खेलाडी समेत हुन्।उनी नेपालका लागि सबैभन्दा पहिले ५० क्याप खेल्ने खेलाडी समेत हुन्।उनले ५० औँ क्याप भारत विरूद्व २०१५ साफ च्याम्पियनसिपमा पुरा गरेका थिए। [३]

उनी नेपाली फुटबल टिमका एक सफल क्याप्टेन समेत हुन्।जसको कप्तानीमा नेपालले महत्त्वपूर्ण दुईवटा उपाधिहरू उचाल्न सफद भएको थियो ।

स्रोतसम्पादन

  1. बिराज महर्जन नेसनल फुटबल टिम्स डटकममा
  2. "Biraj Maharjan", GoalNepal.com, अन्तिम पहुँच २४ अप्रिल २०१४ 
  3. "Nepal National Team Defender Biraj Maharjan Completes 50 Caps For Nepal", GoalNepal.com, अन्तिम पहुँच ३१ अगस्ट २०१५ 

बाह्य कडीसम्पादन