बियोन्से: लेमनेड

साङ्गीतिक चलचित्र

बियोन्से: लेमनेड (अङ्ग्रेजी: Beyoncé: Lemonade) अमेरिकी गायिका बियोन्सेद्वारा कार्यकारी रूपमा निर्मित साङ्गीतिक चलचित्र हो । अप्रिल २३, २०१६ मा एचबीओमा प्रसारित यस चलचित्रले सन् २०१६ मा सार्वजनिक गरिएको लेमनेड नामक एल्बमको भिडियोको काम गर्छ ।

बियोन्से: लेमनेड
निर्देशक
लेखकवार्सन शायर
आधारितलेमनेड (सन् २०१६)
निर्माता
  • बियोन्से (कार्यकारी निर्माता)
  • ओन्ये आन्यान्वु
  • थोमस बेन्स्की
  • एड बर्क (कार्यकारी निर्माता)
  • कीरा कार्स्टेनसन
मुख्य कलाकारबियोन्से
छायाङ्कनखालिक अल्लाह
सम्पादनबिल युकिच
सङ्गीतबियोन्से
वितरक
कम्पनीहरू
वितरकएचबीओ
प्रदर्शन मिति
अप्रिल २३, २०१६
अवधि
६५ मिनेट
देशसंयुक्त राज्य
भाषाअङ्ग्रेजी

पृष्ठभूमि सम्पादन गर्नुहोस्

यो चलचित्र "इन्टुइशन" (अनुवाद: "अन्तर्ज्ञान"), "डिनायल" (अनुवाद: "अस्वीकार"), "एङ्गर" (अनुवाद: "क्रोध"), "एपथी" (अनुवाद: "भावशून्यता"), "एम्टीनेस" (अनुवाद: "खालीपन"), "अकाउन्टेबिलिटी" (अनुवाद: "उत्तरदायित्त्व"), "रिफोर्मेशन" (अनुवाद: "सुधार"), "फर्गिभनेस" (अनुवाद: "क्षमा"), "रिजरेक्शन" (अनुवाद: "पुनरुत्थान"), "होप" (अनुवाद: "आशा") र "रिडेम्शन" (अनुवाद: "मुक्ति") गरी एघार खण्डमा विभाजन गरिएको छ ।[१] यस चलचित्रमा बेलायती सोमाली कवयित्री वार्सन शायरद्वारा लेखिएका "दी अनबेयरेबल वेट अफ स्टेयिङ" (अनुवाद: "यहीँ रहिरहनुको असहनीय भार"), "डियर मून" (अनुवाद: "प्रिय चन्द्र"), "हाउ टू वेयर योर मदर्स लिपस्टिक" (अनुवाद: "आफ्नी आमाको लिपस्टिक कसरी लगाउने"), "नेल टेकनिशियन एज अ पाम रीडर" (अनुवाद: "ज्योतिषको रूपमा सौन्दर्यविद") र "फर विमेन हू आर डिफिकल्ट टू लभ" (अनुवाद: "माया गर्न गाह्रो महिलाका लागि") कविताहरूका पङ्क्तिको प्रयोग गरिएको थियो ।[२][३]

कलाकार सम्पादन गर्नुहोस्

यस चलचित्रमा इबेई, लाओलु सेनबान्जो, अम्यान्ड्ला स्टेनबर्ग, क्वभ्यानजने वालिस, क्लोई x ह्याली, जेन्डेयासरीना विलियम्सको विशेष उपस्थिति रहेको छ ।[४] "फर्वर्ड" गीतको भिडियोमा ट्रेभन मार्टिनकी आमा सब्रिना फुल्टन, माइकल ब्राउनकी आमा लेस्ली म्याकफ्याडेन र एरिक गार्नरकी आमा ग्वेन कारले आ-आफ्ना छोराहरूको तस्वीर समातेको दृश्य समावेश गरिएको छ ।[५][६] जे-जी र बियोन्सेकी छोरी ब्लू आइभी, जे-जीकी हजुरआमा ह्याटी ह्वाइट र बियोन्सेकी आमा टिना नोल्स आफ्नो दोस्रो पति रिचार्ड लसनको साथमा यस चलचित्रमा देखिन्छन् ।[७]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

आलोचनात्मक प्रतिक्रिया सम्पादन गर्नुहोस्

बिलबोर्डका मिरियम बेलले "स्वतन्त्र र शक्तिशाली अफ्रिकी मूलकी महिलाले अन्य अफ्रिकी मूलका महिलाहरूलाई समावेश गरी बनाएको चलचित्र" लेमनेडलाई "कालो जातिको लागि नारीवादको क्रान्तिकारी कृति" भनी वर्णन गरिन् ।[८] बियोन्से र उनको पतिको कथामा अमेरिकी समाजमा अफ्रिकी मूलका व्यक्तिहरू प्रति गरिने व्यवहारलाई जोडी बियोन्सेले यस चलचित्र र एल्बमको मध्यमबाट अफ्रिकी-अमेरिकी समुदायका मानिसहरूलाई एकताबद्ध रहने आह्वान गर्छिन् ।[९] अफ्रिकी मूलका महिलाहरूको आवाज दबाउने र उनीहरूलाई अन्य व्यक्तिहरू जस्तै अवसर प्रदान नगर्ने अमेरिकी समाजमा बियोन्सेको लेमनेडले अरू कुनै मिडियामा नदेखिएको तरिकाले अफ्रिकी मूलका महिलाहरूको प्रतिनिधित्व गर्दै कठिनाइमा पनि हार नमान्ने क्षमतालाई मनाएकी छिन् ।[१०][११] जून २०१६ मा म्याथ्यू फल्क्सले लेमनेडको ट्रेलरमा नक्कल उनको लघु चलचित्र प्यालीनोइयाका नौ तत्त्वहरूलाई गरेको आरोपमा बियोन्से, सोनी म्यूजिक, कोलम्बिया रेकर्ड्सपार्कवुड इन्टरटेनमेन्टलाई मुद्दा हालेका थिए । यद्यपि, न्यू योर्कका न्यायाधीश जेड एस. र्याकअफले सो मुद्दालाई खारेज गरिदिए ।[१२]

पुरस्कार तथा नामाङ्कन सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार श्रेणी नामाङ्कित परिणाम सन्दर्भ
सन् २०१६ अफ्रिकन-अमेरिकन फिल्म क्रिटिक्स असोसिएसन सर्वोत्कृष्ट टेलिभिजन कार्यक्रम - विशेष वा सीमित शृङ्खला बियोन्से: लेमनेड विजयी [१३]
सन् २०१६ प्राइमटाइम एमी पुरस्कार सर्वोत्कृष्ट विविधता, सङ्गीत वा हास्य विशेष मनोनित [१४]
सन् २०१६ प्राइमटाइम एमी पुरस्कार विविध विशेषमा सर्वोत्कृष्ट निर्देशन मनोनित [१५]
सन् २०१७ ब्ल्याक रील टेलिभिजन पुरस्कार सर्वोत्कृष्ट टेलिभिजन वृत्तचित्र वा विशेष विजयी [१६]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. हल, जेरार्ड (अप्रिल २३, २०१६), "Lemonade: Best moments from Beyoncé's HBO event" [लेमनेड: बियोन्सेको एचबीओ चलचित्रका सर्वोत्कृष्ट दृश्यहरू], इन्टरटेनमेन्ट वीक्ली, अन्तिम पहुँच अगस्ट ७, २०१६ 
  2. गार्सिया, पट्रिशा (अप्रिल २५, २०१६), "Warsan Shire Is the Next Beyoncé-Backed Literary Sensation" [वार्सन शायर बियोन्सेको सहमति पाएकी अर्की लेखिका हुन्], भोग, अन्तिम पहुँच अप्रिल २७, २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-३० मिति
  3. लीफ, एरोन (अप्रिल २३, २०१६), "Ibeyi, Laolu Senbanjo, Warsan Shire Featured In Beyoncé's 'Lemonade'" [इबेई, लाओलु सेनबान्जो, वार्सन शायर बियोन्सेको लेमनेडमा], ओके अफ्रिका, मूलबाट अप्रिल २५, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २३, २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-२५ मिति
  4. प्राइस, एस.एल., "Serena Williams is SI's Sportsperson of the Year" [सरीना विलियम्स एसआइको वर्षको खेलाडी हुन्], स्पोर्ट्स इलस्ट्रेटेड, अन्तिम पहुँच अप्रिल २५, २०१६ 
  5. "Trayvon Martin, Michael Brown, and Eric Garner's Mothers Appear in Beyoncé's 'Lemonade' Video" [बियोन्सेको 'लेमनेड' मा ट्रेभन मार्टिन, माइकल ब्राउन र एरिक गार्नरका आमाहरू], एसेन्स, अप्रिल २४, २०१६, मूलबाट अप्रिल २५, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २५, २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-२५ मिति
  6. टिन्स्ली, ओमीसीएके नताशा, "Beyoncé's Lemonade Is Black Woman Magic" [बियोन्सेको लेमनेडमा काली महिलाका लागि सौन्दर्य], टाइम, अन्तिम पहुँच अप्रिल २५, २०१६ 
  7. "Beyoncé's new album: why is it called Lemonade, what do the lyrics mean, plus all you need to know" [बियोन्सेको नयाँ एल्बमलाई किन लेमनेड भनिन्छ, त्यसको अर्थ के हो र थप जान्नुपर्ने कुराहरू], टेलिग्राफ, मे ४, २०१६, अन्तिम पहुँच नोभेम्बर ६, २०१६ 
  8. "Beyonce's 'Lemonade' Is a Revolutionary Work of Black Feminism: Critic's Notebook" [बियोन्सेको 'लेमनेड' कालो जातिको नारीवादको लागि क्रान्तिकारी कृति हो: आलोचक समीक्षा], बिलबोर्ड, २०१६-०४-२५, अन्तिम पहुँच जून ९, २०२० 
  9. "Examining Lemonade with a Beyoncé studies professor" [बियोन्सेको लेमनेडको अध्ययन], डेज्ड (अङ्ग्रेजीमा), २०१६-०४-२६, अन्तिम पहुँच जून ९, २०२० 
  10. Webster, सिना एच. (२०१८), "When Life Gives You Lemons, "Get In Formation:" A Black Feminist Analysis of Beyonce's Visual Album, Lemonade" [बियोन्सेको एल्बम लेमनेडको नारीवादी अध्ययन], Senior Honors Theses 
  11. म्याकफ्याडेन, सरीता (अप्रिल २४, २०१६), "Beyoncé's Lemonade is #blackgirlmagic at its most potent" [बियोन्सेको 'लेमनेड' मा अफ्रिकी मूलका महिलाहरूको प्रतिनिधित्व], द गार्डियन (बेलायती अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच जून ६, २०२० 
  12. लेगास्पी, एल्थिया (सेप्टेम्बर १, २०१६), "Judge Dismisses Lawsuit Against Beyoncé's 'Lemonade'" [बियोन्सेको 'लेमनेड' मुद्दा न्यायाधीशद्वारा खारेज गरियो], रोलिङ स्टोन, अन्तिम पहुँच सेप्टेम्बर १८, २०१६ 
  13. "'Moonlight' Named Best Picture by the African American Film Critics Association" [अफ्रिकन-अमेरिकन फिल्म क्रिटिक्स असोसिएसन अनुसार 'मूनलाइट' वर्षको सर्वोत्कृष्ट चलचित्र], द हलिउड रिपोर्टर, डिसेम्बर १२, २०१६, अन्तिम पहुँच डिसेम्बर १३, २०१६ 
  14. "68th Primetime Emmy Awards Nominations List" [६८ औँ प्राइमटाइम एमी पुरस्कार नामाङ्कन सूची], एमी, अन्तिम पहुँच अप्रिल १४, २०१६ 
  15. "68th Primetime Emmy Awards Nominations List" [६८ औँ प्राइमटाइम एमी पुरस्कार नामाङ्कन सूची], एमी, अन्तिम पहुँच अप्रिल १४, २०१६ 
  16. "17th Annual Black Reel Awards Nominations" [१७ औँ वार्षिक ब्ल्याक रील पुरस्कार नामाङ्कन], ब्ल्याक रील पुरस्कार, डिसेम्बर १४, २०१६, अन्तिम पहुँच डिसेम्बर १८, २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-२८ मिति

बाह्य कडी सम्पादन गर्नुहोस्