बिजेन्द्र राई (जन्म ८ जुन १९९२) एक भारतीय फुटबलर हुन् जो हाल IMG RELIANCE बाट खेल्छन्।

बिजेन्द्र राई
व्यक्तिगत जानकारी
जन्म मिति (1992-06-08) ८ जुन १९९२ (उमेर ३१)
जन्म स्थान जोरेथाङ, सिक्किम, भारत
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति (फुटबल)
क्लब जानकारी
वर्तमान टोली
IMG RELIANCE
युवा करियर
2010 Nang Kiew Rat
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
2010–2011 Royal Wahingdoh
2011–2012 Pailan Arrows 4 (0)
2012–2013 Mohun Bagan 0 (0)
2014–2015 Mohammedan S.C. 0 (0)
2016– Gangtok Himalayan SC 0 (0)
अन्तर्राष्ट्रिय करियर
2007–2008 India U16 5 (1)
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक क्यारियर सम्पादन गर्नुहोस्

उनको जन्म दक्षिण सिक्किम जिल्लाको जोरेथाङमा भएको थियो। उनका बुबा र जेठा भाइ फुटबलर थिए। उनका बुबा स्थानीय फुटबल खेल्थे तर भाइ दार्जिलिङको क्लबबाट खेल्थे।

उनी सन् २००६ मा गान्तोक स्टेट स्पोर्ट्स एकेडेमीमा प्रवेश गरे र २००९ सम्म त्यहाँ बसे। एकेडेमीको ट्याग लाइन थियो "Search for more Baichung।" उनले एकेडेमीमा रहँदा उहाँलाई धेरै सहयोग गरेका केही प्रशिक्षकहरूको नाम लिए। उनीहरु हुन्, होनगुनोर्डेन लेप्चा, सुरेश मुखिया र सुरेन क्षेत्री । एकेडेमीमा रहँदा उनले सिक्किम यू-१६ टोलीबाट खेल्ने मौका पाए।[१]

क्यारियर सम्पादन गर्नुहोस्

२०१० मा, उनी शिलोङ गए र Nang-Kew-Rat मा सामेल भए जहाँ उनले स्थानीय लिगमा स्ट्राइकरको रूपमा खेले।

अर्को सिजनमा, उनी रोयल वाहिङदोह एफसीमा सामेल भए। जहाँ उनले ४ महिना खेले । उनको २०११ I-League दोस्रो डिभिजनमा खेले। उनीहरु दोस्रो चरणमा पुगेपनि I-League मा छनोट हुन सकेनन् ।

उनले उक्त प्रतियोगितामा ५ गोल गरेका थिए । उनको उत्कृष्ट खेल Ar-Hima FC सँग थियो। त्यो खेलमा उनले २ गोल गरे पनि ३–२ ले पराजित भयो । उनीहरूले दक्षिणी समितिलाई ६-१ ले हराए, जहाँ उनले १ गोल ​​गरे।


अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

सन् २००७ मा, प्रशिक्षक कोलिन टोटलले उनलाई U-16 भारतीय टोलीमा पहिलो पटक मौका दिनुभयो,एएफसी छनोट राउन्ड खेल्न साउदी अरब गएका थिय। पछि, जर्मनी र इङ्गल्याण्डको एक्सपोजर यात्राको लागि गए।

गान्तोक एकेडेमीमा उनी स्ट्राइकरको रुपमा खेल्थे तर भारतीय टिममा उनले पहिलो पटक राइट विङ्गरको रुपमा खेलेका थिए ।

उनले श्रीलंकाविरुद्ध यू–१६ भारतीय टोलीका लागि पहिलो गोल गरेका थिए। उनले २० सेकेन्डमा गोल गरे । उनले लालरिन्दिकाको क्रसबाट बललाई भित्र गोल गरे ।

पछि, उनले मलेसियाको एक्सपोजर भ्रमण र दुबईमा हुने प्रतियोगिताको लागि यू-१९ भारतीय टोलीमा पनि मौका पाए, तर अन्तिम क्षणमा चोटका कारण उनले भ्रमण गुमाए।

क्यारियर तथ्याङ्क सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

Statistics accurate as of 29 December 2011

क्लब सिजन लीग कप AFC कुल
Apps Goals Assists Apps Goals Assists Apps Goals Assists Apps Goals Assists
Pailan Arrows 2011–12 4 0 0 2 0 0 6 0 0
क्यारियर कुल 4 0 0 2 0 0 0 0 0 6 0 0

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Interview of Bijendra Rai", मूलबाट २३ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २३ फेब्रुअरी २०१४ मिति