बिङ (खोज संयन्त्र)

वेब खोज संयन्त्र
(बिङबाट अनुप्रेषित)

बिङ एक वेब खोज संयन्त्र हो जसलाई अमेरिकी बहुराष्ट्रिय इन्टरनेट निगम माइक्रोसफ्टको नियन्त्रणमा रहेको छ। यो माइक्रोसफ्टद्वारा सञ्चालित छ। यस सेवाको उत्पत्ति माइक्रोसफ्टका अघिल्ला खोज संयन्त्रहरूबाट भएको थियो जसमा एमएसएन खोज , विन्डोज प्रत्यक्ष खोज तथा प्रत्यक्ष खोज समावेश छ। बिङले वेब, श्रव्य दृश्य, तस्वीर र नक्सा खोज उत्पादनहरू सहित विभिन्न खोज सेवाहरू प्रदान गर्दछ। यसलाई एएसपि डटनेट प्रयोग गरेर विकस गरिएको थियो।

बिङ
जनवरी २०१६ मा बिङको प्रतिक
श्रव्य दृश्य र तस्वीर दैनिक रूपमा अद्यावधिक हुने बिङको गृहपृष्ठ
साइटको प्रकार
खोज संयन्त्र
उपलब्ध भाषा४० भाषाहरू
मालिकमाइक्रोसफ्ट
सर्जकमाइक्रोसफ्ट
आयबिङ विज्ञापन
युआरएलwww.bing.com
अलेक्सा क्रमह्रास ३२ (अप्रिल २०१०)[१]
व्यवसायिकहो
दर्तावैकल्पिक (माइक्रोसफ्ट खाता)
चालु भएको मितिजुन ३, २००९; १४ वर्ष पहिले (२००९-०६-03)
वर्तमान स्थितिचालू
लेखिएको भाषाएएसपी डटनेट[२]

माइक्रोसफ्टको प्रत्यक्ष खोजलाई बिङद्वारा प्रतिस्थापन गरिएको थियो जसलाई माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मरले २९ मे २००९ मा सान डिएगो, क्यालिफोर्नियामा आयोजित अल थिङ्स डिजिटल नामक सम्मेलनमा सेवाको अनावरण गरेका थिए।[३] त्यस समयमा खोज सुझावहरूको सूची र सम्बन्धित खोजको सूचीहरूमा आधारित खोज सुझावहरूलाई सेवामा समावेश गरिएको थियो जुन पावरसेट नामक प्रविधिमा आधारित थियो। पावरसेट प्रविधिलाई माइक्रसफ्टले सन् २००८ मा अधिग्रहण गरेको थियो।[४]

२९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु! एक सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा माइक्रोसफ्टको खोज संयन्त्र बिङले याहु! खोजलाई थप शक्तिशाली बनाएको थियो।[५] सन् २०१२ को सुरुवात तिर, याहु!का विश्वव्यापी ग्राहक र साझेदारहरू सेवामा समक्रमित भएका थिए। उक्त सम्झौता सन् २०१५ मा बदलिएको थियो र याहु! खोजले व्यापक खोजीका लागि मात्र बिङको प्रयोग गरेको थियो।[६]

अक्टोबर २०११ मा, नयाँ सूचकाङ्क प्रविधि र प्रयोगकर्ताको लागि छिटो तथा सान्दर्भिक खोज परिणामहरू प्रदान गर्ने लक्ष्यका साथ यसले नयाँ खोजी पूर्वाधारहरूमा काम गरिरहेको बताएको थियो जसलाई निगमले "बाघ" (अनुवादित नाम) नामकरण गरेको थियो।[७] नयाँ सूचकाङ्क प्रविधि उक्त वर्षको अगस्ट देखि विश्वव्यापी रूपमा बिङमा समावेश गरिएको थियो।[८] मे २०१२ मा, माइक्रोसफ्टले आफ्नो खोज संयन्त्रको अर्को पुन: बनोटको घोषणा गरेको थियो[९] जसमा "पक्षपट्टी" समावेश गरिने बताइएको थियो जुन एक सामाजिक सुविधा हो भने यसले खोज प्रश्नसँग सम्बन्धित जानकारीको लागि प्रयोगकर्ताको सामाजिक सञ्जालहरूको खोजी गर्ने गर्दछ।[१०]

अक्टोबर २०१८ सम्ममा , बिङ विश्वव्यापी वेबमा तेस्रो ठूलो खोज संयन्त्र थियो जसले ४.५८% बजार साझेदारी गरेको थियो भने यसका प्रतिस्पर्धीहरू क्रमश: गुगल (७७%), बायदु (१४.५४%) र याहु! (२.६३%) हुन्।[११]

इतिहास सम्पादन गर्नुहोस्

एमएसएन खोज सम्पादन गर्नुहोस्

माइक्रोसफ्टले मूल रूपमा सन् १९९८ मा इङ्कटोमीबाट खोज परिणामहरूको प्रयोग गर्दै एमएसएन खोजको सुरुवात गरेको थियो जसले खोज संयन्त्र, सूचकाङ्क, र वेब सरिसृप समावेश गर्दथ्यो। सन् १९९९ को सुरुवातमा, एमएसएन खोजले छोटो समयको लागि लुक्समार्टबाट सूचीकृत इन्क्टोमीको परिणामहरूको साथ सेवाको एक संस्करण सुरु गरेको थियो। माइक्रोसफ्टले एमएसएन खोजको लागि आफ्नै वेब सरिसृप बनाएर वेब खोजीमा ठूलो लगानी गर्ने निर्णय गरेको थियोे जसको सूचकाङ्कहरू साप्ताहिक वा कहिलेकाँही दैनिक रूपमा अद्यावधिक गरिएको थियो। उक्त पदोन्नति परीक्षण संस्करणको रूपमा नोभेम्बर २००४ मा सुरु भएको थियो र फेब्रुअरी २००५ मा यो परीक्षण संस्करणबाट बाहिर आएको थियो।[१२] यसको प्रतिउत्तरमा प्रतिस्पर्धी याहु! खोज आफ्नो छुट्टै सरिसृप प्रक्षेपण गरेको थियो। यसमा तस्वीर खोजी तेस्रो पक्ष, पिकसर्चद्वारा सञ्चालित थियो। सेवाले बजारमा राम्रो प्रतिस्पर्धा गर्नको लागि अन्य खोज संयन्त्र वेबसाइटमा पनि यसको खोजी परिणामहरू प्रदान गर्न सुरु गरेको थियो।

विन्डोज प्रत्यक्ष खोज सम्पादन गर्नुहोस्

विन्डोज प्रत्यक्ष खोजको पहिलो सार्वजनिक परीक्षण संस्करण ८ मार्च २००६ मा अनावरण गरिएको थियो। यसको अन्तिम संस्करणको जारी ११ सेप्टेम्बर २००६ मा गरिएको थियो र लगत्तै एमएमएन खोजको प्रतिस्थापन गरिएको थियो। उक्त नयाँ खोज संयन्त्रले खोज ट्याब प्रयोग गरेको थियो जसमा वेब, समाचार, तस्वीर, सङ्गीत, डेस्कटप, नक्सा, र माइक्रोसफ्ट इन्कार्टा समावेश गरेको थियो।

विन्डोज प्रत्यक्ष खोजको सुरुवातसँगै, माइक्रोसफ्टले पिक्सर्चलाई उनीहरूको तस्वीर खोज प्रदायकको रूपमा प्रयोग गर्न रोकेको थियो र आफ्नै तस्वीर खोजी गर्न सुरू गरेको थियो। [१३]

प्रत्यक्ष खोज सम्पादन गर्नुहोस्

प्रत्यक्ष खोजको गृहपृष्ठले पछि बिङको गृहपृष्ठ सृजना गर्न मद्दत गरेको थियो। २१ मार्च २००७ मा, माइक्रोसफ्टले आफ्नो खोज विकासहरूलाई विन्डोज प्रत्यक्ष सेवा परिवारबाट अलग गर्ने र सेवालाई प्रत्यक्ष खोजको रूपमा पुन: नामकरण गर्ने घोषण गरेको थियो। प्रत्यक्ष खोजलाई प्रत्यक्ष खोज र विज्ञापन मञ्चमा एकीकृत गरिएको थियो जसलाई सत्य नाडेलाको नेतृत्वमा विज्ञापन मञ्च, माइक्रोसफ्टको मञ्च र प्रणाली विभागको अंशको रूपमा प्रयोग गरिएको थियो। यस परिवर्तनको अंशको रूपमा, प्रत्यक्ष खोज माइक्रोसफ्ट विज्ञापन केन्द्र साथ समायोजन गरिएको थियो।[१४]

माइक्रोसफ्टको खोज प्रस्तावहरूको पुनर्गठन र शृङ्खला प्रत्यक्ष खोज ब्रान्ड अन्तर्गत बनाइएको थियो। २३ मे २००८ मा, माइक्रोसफ्टले प्रत्यक्ष खोज पुस्तकहरू र प्रत्यक्ष खोज शैक्षणिकलाई बन्द गर्ने घोषणा गरेको थियो र सबै शैक्षिक सामग्री तथा पुस्तक खोज परिणामहरूलाई नियमित खोजमा एकीकृत गरेको थियो र परिणाम स्वरूप यसले प्रत्यक्ष खोज पुस्तक प्रकाशक कार्यक्रम बन्द गरेको थियो।त्यसको लगत्तै, विन्डोज प्रत्यक्ष प्रतिपादक ३१ जुलाई २००८ मा बन्द गरिएको थियो।प्रत्यक्ष खोज सेवा अन्तर्गत, प्रयोगकर्ताहरूका लागि उनीहरूको आफ्नै अनुकूलित खोज संयन्त्रहरू सृजना गर्न वा अन्य प्रयोगकर्ताहरूद्वारा निर्मित सामग्रीहरू प्रयोग गर्ने सेवा पनि पछि बन्द गरीएको थियो। व्यापारीहरूलाई प्रत्यक्ष खोज उत्पादहरूमा जानकारी उर्ध्वभरण गर्न अनुमति दिने प्रत्यक्ष उर्ध्वभरण उत्पादन नामक सेवालाई १५ मार्च २००९ मा बन्द गरिएको थियो। यसको प्रश्नोत्तर सेवा एमएसएन प्रश्नोत्तरलाई २१ मे २००९ मा, बन्द गरिएको थियो।[१५]

बिङको रूपमा पुनर्गठित सम्पादन गर्नुहोस्

माइक्रोसफ्टले ब्रान्ड नाम "प्रत्यक्ष" रहँदा समस्या हुन सक्ने बताएको थियो। माइक्रोसफ्टका खोज सेवाहरूको लागि नयाँ परिचय सृजना गर्ने प्रयासको रूपमा, प्रत्यक्ष खोजलाई आधिकारिक रूपमा ३ जुन २००९ मा बिङद्वारा प्रतिस्थापन गरेको थियो।[१६]

बिङ नाम फोकस समूहहरूको माध्यमबाट छनोट गरिएको थियो र माइक्रोसफ्टले उक्त नाम यादगार, छोटो, हिज्जेमा सजिलो र यो विश्वभरि युआरएलको रूपमा राम्रोसँग काम गर्ने निर्णय लिएको थियो। [१७] शब्दले मानिसहरूलाई "खोजी र निर्णय लिने क्षणको समयमा बनिरहेको आवाज" सम्झाउनेछ विश्वास लिइएको थियो।[१८] यस शब्दको 'बिङ्गो' शब्दसँग पनि समानता छ, जसको अर्थ खोजी गरिएको कुरा भेटियो वा महसुस भयो हुँदा बिङ्गो नामक खेल जित्दा जस्तै अनुभव हुने बताएका छ।[१९] बिङको नाम अङ्ग्रेजी शब्द "बेस्ट इज नट गुगल" को छोटो रूपमा भएको अफवाहहरू भेटिएका छन्। [२०]

सञ्चार माध्यम गार्जियनका अनुसार बिङ शब्द, बिङ इज नट गुगल (अनुवादित नाम = बिङ भनेको गुगल होइन), भन्ने शब्दबाट आएको भनेर पुष्टि नगरेको बताएको थियो।[२१] माइक्रोसफ्ट अनलाइन सेवाका अध्यक्ष छिई लुले बिङको आधिकारिक चिनियाँ नाम बि यिङ् (सरलीकृत चिनियाँ: 必 应; परम्परागत चिनियाँ: 必 應) को शाब्दिक अर्थ "प्रतिक्रिया दिन एकदमै निश्चित" वा चिनियाँ भाषामा "उत्तर दिन निश्चित" भएको घोषण गरेका थिए।[२२][२३][२४]

कानुनी चुनौती सम्पादन गर्नुहोस्

माइक्रोसफ्टको बिङ र उनीहरूको उत्पादन बिङ्गोबिङ् दुबै अनलाइन उत्पादन खोज गर्ने बजारमा भ्रम पैदा गर्न सक्छ भन्ने आरोप लगाउँदै ३१ जुलाई २००९ मा, द ल्याप्टप कम्पनी, निगमले एक प्रेस विज्ञप्तिमा बिङको व्यापारीक प्रतिक अनुप्रयोगलाई चुनौती दिने बताएका थियो सफ्टवेयर कम्पनी टेराबाइट अनलिमिटेडको बिङ नामक उत्पादनले यसको व्यापारिक प्रतिक अनुप्रयोगसँग प्रतिस्पर्धा गरेको थियो।[२५]

याहु! खोजसँगको सम्झौता सम्पादन गर्नुहोस्

२९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु!ले १० वर्षे सम्झौता गरेको घोषण गरेको थियो जसमा याहु! खोज संयन्त्र बिङमा बदलिने तर दृश्य पाठ याहुकै राखिने जनाइएको थियो।[२६] सम्झौताको पहिलो पाँच वर्षको लागि यसको साइटमा सबै खोज विज्ञापन बिक्रीबाट ८८% राजस्व राख्न पाउने, र केही माइक्रोसफ्ट साइटहरूमा विज्ञापन बेच्ने अधिकार रहेको थियो।[२७] सन् २०१२ को सुरुवात तिर, याहु!का विश्वव्यापी ग्राहक र साझेदारहरू सेवामा समक्रमित भएका थिए। उक्त सम्झौता सन् २०१५ मा बदलिएको थियो र याहु! खोजले व्यापक खोजीका लागि मात्र बिङको प्रयोग गरेको थियो।[२८]

बजार साझेदारी सम्पादन गर्नुहोस्

बिङ सुरुवात अघि माइक्रोसफ्ट वेब खोज पृष्ठहरूको बजार साझेदारी (एमएसएन र प्रत्यक्ष खोज) न्युन थियो। जनवरी २०११ सम्म, एक्सपेरियन हिटवाइज नामक कम्पनीले बिङको बजार साझेदारी याहुको १२.८% सम्म पुगेको देखाएको थियो।[२९] समान अवधिमा, कमस्कोरको सन् २०१० मा गरेको एक समीक्षा प्रतिवेदनले बिङले सन् २०१० मा, ठूलो फड्को मार्दै बजार साझेदारी २९% कयम गरेको देखाएको थियो।[३०] वाल स्ट्रिट जर्नलले बजार साझेदारीमा यसले १% फड्को मारेको बताएको थियो। फेब्रुअरी २०११ मा, बिङले याहुलाई उछिन्दै पहिलो पटक ४.३७% बजार साझेदारी गरेको थियो जसमा याहुले जम्मा ३.९३% बजार साझेदारी प्राप्त गरेको थियो।मुख्य खोजीहरू मात्र गणना गर्दा, संयुक्त राज्य अमेरिकामा सन् २०११ को दोस्रो त्रैमासमा बिङले १४.५४ बजार साझेदारी कायम गरेको थियो।[३१]

संयुक्त रूपमा बिङद्वारा सञ्चालित अमेरिकी खोजी सन् २०११ मा २६.५%बाट घटेर अप्रिल २०१२ मा २५.९% पुगेको थियो।[३२][३३][३४] नोभेम्बर २०१५ सम्ममा यसको बजार साझेदारी २०.९% सम्म घटेको थियो।[३५] अक्टोबर २०१८ सम्ममा, बिङ ४.५८% का साथ अमेरिकाको तेस्रो सबैभन्दा ठूलो खोज संयन्त्र बनेको थियो जहाँ यसका प्रमुख प्रतिद्वन्द्वी गुगल (७७%) र चिनियाँ खोज संयन्त्र बायदु (१४.४५%) कायम गरेका थिए भने उक्त समयमा बिङद्वारा सञ्चालित याहु! खोजले २.६३% कायम गरेको थियो।[३६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "बिङ डटकमको ट्राफिक, जनशाङ्खिकि र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इन्टरनेट (नेपालीमा), अन्तिम पहुँच १४ अप्रिल २०२०  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०२० मिति
  2. रोगर चापमन, "Top 40 Website Programming Languages", रोडचाप डटकम, मूलबाट सेप्टेम्बर २७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ६, २०११ 
  3. "Microsoft's New Search at Bing.com Helps People Make Better Decisions News Center", माइक्रोसफ्ट समाचार, अन्तिम पहुँच नोभेम्बर २३, २०१६ 
  4. "Microsoft Bing rides open source to semantic search", द रजिस्टर, अन्तिम पहुँच जनवरी १, २०१० 
  5. "माइक्रोसफ्टद्वारा पावरसेटको अधिग्रहण", बिङ, मूलबाट डिसेम्बर २८, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १, २०१० 
  6. "माइक्रोसफ्ट र याहुको सम्झौता", बिबिसी समाचार, जुलाई २९, २००९, अन्तिम पहुँच मे १०, २०१२ 
  7. "When will the change happen? How long will the transition take?", याहु!, डिसेम्बर १, २०११, अन्तिम पहुँच मे १०, २०१२ 
  8. ब्राइट, पिटर (१६ अप्रिल २०१५)। "Microsoft loses exclusivity in shaken up Yahoo search deal"अर्स टेक्निका। सङ्ग्रह मिति २६ जनवरी २०१६ 
  9. गोल्डमान, डेभिड (मे १०, २०१२)। "Bing fires at Google with new social search"। सिएनएन। सङ्ग्रह मिति मे १०, २०१२ 
  10. "Bing Unleashing Tiger to Speed Search Results"। सर्च इन्जिन वाच। ३० सेप्टेम्बर २०११। सङ्ग्रह मिति ३ अक्टोबर २०११ 
  11. "Net Marketshare, Market Share Statistics for Internet Technologies"नेट मार्केट सेयर। सङ्ग्रह मिति १२ मे २०२० 
  12. "Microsoft's MSN Search To Build Crawler-Based Search Engine"। सर्च इन्जिन वाच। २० जुन २००३। 
  13. किरिस शेरमान (११ सेप्टेम्बर २००६)। "माइक्रोसफ्टको खोजी पद्धति अद्यावधिक"। सर्च इन्जिन वाच। सङ्ग्रह मिति १२ सेप्टेम्बर २००६ 
  14. Mary Jo Foley (मार्च २१, २००७), "Microsoft severs Live Search from the rest of the Windows Live family", ZDNet, अन्तिम पहुँच मे १०, २०१२ 
  15. डग कार्ली (मे २९, २००९)। "Yahoo Answers Outlives MSN QnA"। वेब प्रो न्युज। सङ्ग्रह मिति मे १०, २०१२ 
  16. तमर विनबर्ग (जुन ३, २००८), "Keynote with Kevin Johnson at Microsoft", खोज संयन्त्र जानकारी, अन्तिम पहुँच मे १०, २०१२ 
  17. "Bing, le moteur de recherche de Microsoft, est à son tour bloqué en Chine"। Le Monde (फ्रान्सेली भाषा)। २०१९-०१-२४। 
  18. Ryan Singel (मे २८, २००९), "Hands On With Microsoft's New Search Engine: Bing, But No Boom", Wired, अन्तिम पहुँच मे १०, २०१२ 
  19. "बिङ!शब्दको उत्पत्ति", निओविन, मे २८, २००९, मूलबाट मे ३१, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २९, २००९ 
  20. "Interbrand Blog | Interbrand names Microsoft's new search engine Bing!", इन्टरब्रान्ड, मूलबाट जनवरी ७, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १६, २०१० 
  21. सोफिल्ड, जाक (जुन ८, २००९), "Bing Is Not Google, but it might be better than you think", द गार्जियन (लन्डन)। 
  22. "微软推出新搜索引擎Bing"। 新浪网। सङ्ग्रह मिति २०१६-११-१८ 
  23. "微软全球注册Bing域名推广新搜索引擎", 腾讯科技, २००९-०५-२७, मूलबाट २००९-०५-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०६-०२ 
  24. "微软高管称汉语语言学家认可Bing中文品牌", 搜狐IT, २००९-०६-०४, मूलबाट २००९-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०७-२५ 
  25. "Avec Bing, Microsoft repart à l'assaut de Google"ले मोन्दे (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति १४ मे २०२० 
  26. "Woher kommen eure Suchergebnisse?" (जर्मनेली भाषा)। सङ्ग्रह मिति २०१८-०९-१६ 
  27. "माइक्रोसफ्ट र याहु!को सम्झौता", बिबिसी समाचार, जुलाई २९, २००९, अन्तिम पहुँच जुलाई २९, २००९ 
  28. "Bing soll schlauer suchen – dank KI und Reddit"। heise.de। २०१७-१२-१४। सङ्ग्रह मिति २०१७-१२-२१ 
  29. "Bing Search-Volumen um 29% gestiegen Im Jahr 2010 stieg Google laut comScore um 13%" [dead link]
  30. विङफिल्ड, निक (फेब्रुअरी १०, २०११), "Microsoft's Bing Gains Share", द वाल स्ट्रिट जर्नल 
  31. "StatCounter: Bing Just Beat Yahoo Worldwide", रिड राइट वेब, मार्च १, २०११, मूलबाट मार्च २, २०११-मा सङ्ग्रहित। 
  32. जे यारो, कामिला Angelova (जुलाई १३, २०११), "CHART OF THE DAY: This Is What Microsoft Is Getting For Its Big Bing Investment", बिजनेस इन्साइडर। 
  33. स्टेफिनी लिन फ्लसी (जुलाई १३, २०११), "comScore Releases June 2011 U.S. Search Engine Rankings", कमस्कोर। 
  34. लिना राओ (जनवरी ११, २०१२), "Microsoft Bing-Suchanfragen überholen Yahoo zum ersten Mal im Dezember", टेकक्रन्च। 
  35. "Does Bing's 30% Market Share Really Matter? | Great Finds"। इनकोसिङ। मे २३, २०१२। सङ्ग्रह मिति अगस्ट १७, २०१२ 
  36. "Deshacerse de su buscador Bing para concentrarse en su negocio principal, ¿una buena estrategia para Microsoft?"elblogsalmon (जर्मनेली भाषा)। सङ्ग्रह मिति १६ मे २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:बिङ