वाणिज्य नीति, २०७२
(बाणिज्य नीति २०७२बाट अनुप्रेषित)
वाणिज्य नीति, २०७२ नेपालको हालको चालू वाणिज्य नीति हो । यसले नेपालको आर्थिक लक्ष्य तथा अल्पकालिन तथा दिर्घकािलन बाटो निर्धारण गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद)को मिति २०७२/०४/२५ को निर्णयानुसार वाणिज्य नीति २०७२ स्वीकृत भै कार्यान्वयनमा आएको छ ।[१] वाणिज्य नीति पहिलो पटक २०४९ सालमा ल्याइएको थियो । त्यस पछि २०६५ सालमा परिमार्जन गरिएको थियो र अहिले २०७२ मा केहि नयाँ बुँदाहरु थप गरी सार्वजनिक गरिएको छ ।[२]
लक्ष्य
सम्पादन गर्नुहोस्निकासी प्रबद्र्धन गरी समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने ।
उद्देश्यहरू
सम्पादन गर्नुहोस्- आपूर्तिजन्य क्षमताको सुदृढीकरण गर्ने र विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने ।
- क्षेत्रीय तथा विश्व बजारमा वस्तु सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने ।
रणनीति
सम्पादन गर्नुहोस्आपूर्तिजन्य क्षमताको सुदृढीकरण गर्ने र विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने सम्बन्धी रणनीति ।
- सरकारले सहजकर्ता, उत्प्रेरक र नियामकको भूमिका निर्वाह गर्दै निजी क्षेत्रको सक्रिय सहभागिता अभिवृद्धि गर्ने ।
- तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तुहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने ।
- आपूर्तिजन्य क्षमता सुदृढीकरण गर्दै व्यापार घाटा कम गर्ने ।
- निर्यातजन्य सेवा क्षेत्रहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने ।
- व्यापार सहजीकरण तथा संस्थागत सुदृढीकरणको माध्यमबाट कारोवार लागत घटाउने ।
- व्यापारलाई अर्थतन्त्रको मुख्य सम्भागको रूपमा स्थापित गर्न मलू प्रवाहीकरण गर्ने ।
क्षेत्रीय तथा विश्व बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने सम्बन्धी रणनीति
- बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय संयन्त्र तथा व्यापार कूटनीतिको माध्यमबाट बजार विस्तार र व्यापारजन्य क्षमता अभिवृद्धि गर्ने ।
- वस्तु र सेवा व्यापारलाई प्रतिस्पर्धी एवं सुदृढ बनाई एक अर्काको समपुरकको रूपमा क्षेत्रीय तथा विश्वव्यापी उत्पादन सञ्जालमा आबद्ध गर्ने ।
- व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको प्रवद्र्धन र संरक्षण गरी विश्व बजारमा नेपाली उत्पादनको पहुँच बढाउने ।