बर्जु ताल नेपालको पूर्वी भागमा रहेको सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको प्राकृतिक ताल र सिमसार क्षेत्र हो।[१] यो ताललाई चिमाडी तालको नामले समेत चिन्ने गरिन्छ।[२] ताल रहेको स्थान बिराटनगरबाट १२ किलोमिटरको दुरीमा रहेको छ। यो तालको वर्णन हिन्दूहरूको धार्मिक ग्रन्थ महाभारतमा गरिएको छ।[३][४] यो ताल कोशी टप्पु वन्यजन्तु आरक्षसँग जोडिएर रहेको छ।[५]

बर्जु ताल
नेपालको बर्जु ताल रहेको स्थान
नेपालको बर्जु ताल रहेको स्थान
बर्जु ताल
स्थानसुनसरी जिल्ला, नेपाल
निर्देशाङ्क२६°२९′०८″N ८७°१०′२४″E / २६.४८५४५६°N ८७.१७३२२६६°E / 26.485456; 87.1732266निर्देशाङ्कहरू: २६°२९′०८″N ८७°१०′२४″E / २६.४८५४५६°N ८७.१७३२२६६°E / 26.485456; 87.1732266
पदनामताल
सतह उचाइ३०० मिटर (९८० फिट)

विशेषता सम्पादन गर्नुहोस्

यो ताल १५२ विघाको क्षेत्रफलमा फैलिएर रहेको छ।[६][७]

यो तालमा विभिन्न थरीका माछाका प्रजातिहरू रहेका छन् तर विस्तारै स्थानीय माछा मार्नेहरूले यो तालमा माछा मार्ने गरेकोले माछाको सङ्ख्या घट्दो क्रममा रहेको छ।[८] यस बाहेक, अतिक्रमणको कारणले गर्दा सिमसार क्षेत्र खुम्चिदै गएको छ।[९]

यो सिमसार क्षेत्रमा प्रवासी चराहरूको वासस्थान रहेको छ। यहाँ लगभग १०० प्रजातिका चराहरू भेटिएका छन्।[१०] सन् १९९६ मा संरक्षण कार्यक्रमको शुभारम्भ भएपछि यस तालमा आउने प्रवासी चराहरूको सङ्ख्यामा वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ। सन् २००८ मा सप्तकोशी नदीमा आएको भीषण बाढीको (सप्तकोशी पूर्वी तटबन्ध भत्किएकोले) कारण यस ताल क्षेत्रमा रहेका चराहरूको सङ्ख्यामा ह्रास आएपनि हाल आएर चराहरूको सङ्ख्या तुलनात्मक रूपमा पहिले जति नै हुन पुगेको छ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पूर्वको पर्यटकीय गन्तव्य बन्दै बर्जु ताल", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३१ 
  2. "पूर्वकाे फेवाताल अर्थात सुनसरीको मनमोहक बर्जु ताल", देशको न्युज (नेपालीमा), २०१९-०१-२७, अन्तिम पहुँच २०२१-०१-३१ 
  3. "बर्जुताल : जहाँ भएको थियो युधिष्ठिर-यक्ष संवाद", नेपाली डिजिटल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३१ 
  4. "पूर्वको पर्यटकको आकर्षणको केन्द्र बर्जु ताल", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३१ 
  5. "बर्जु ताल संरक्षणमा प्रधानमन्त्रीको चासो", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३१ 
  6. "बर्जु ताल स्थानीय तहकै पहलमा सिंगारिदै", इनरुवा अनलाइन (नेपालीमा), २०१८-१२-२८, अन्तिम पहुँच २०२१-०१-३१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-१३ मिति
  7. "Barju Lake (Chimdi Lake) - Khojnu.com" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-१५ 
  8. Gachhadar, Pramila; Adhikari, A. R.; Chaudhary, R. P., "Fisheries Communities and Resource-Use Pattern: Chimdi Lake and its Surrounding Wetlands", Our Nature (अङ्ग्रेजीमा) 2 
  9. Basnet, Deepa (२०१८), Strengthening Civil Society Capacity to Advocate for Mainstreaming Biodiversity (CAMB) (अङ्ग्रेजीमा), Bird Conservation Nepal। 
  10. Khadka, Amar, "Number of migratory birds decline in Koshi Tappu", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-१५