बराह ताल खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि १६ कोस दक्षिणमा रहेको ताल हो। यसले झन्डै पाँच वर्गकिलोमिटर क्षेत्र ओगटेको छ। यहाँ वर्षमा एकचोटि हरिबोधनी एकादशीमा दुई दिने मेला लाग्छ।

बराहताल पुग्न दिक्तेलबाट करबि दुई दिन लाग्छ। दिक्तेल, टेम्मा, चुइँचुम्मा बोफूल, छितापोखरी, चिपि्रङ, इन्द्रायणीपोखरी, खोटाङबजार हुदै साखोला तरेपछि सुन्दर बराहताल पुगिन्छ। उदयपुरबाट बुबाजोरघाट, कुलाबाध हुदै आइपुगिन्छ। त्यस्तै भोजपुरबाट पानधारे, चिसापानी छिचोलेपछि आइन्छ। मुहान र निकास नभएको यो ताल सधै नै सफा देखिन्छ। यहाँ भिन्न प्रजातिको रातो माछा पाइन्छ।

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्