सुँगुर वा बङ्गुर (Sus domesticus) को मासुलाइ फाक्सा पनि भनिन्छ। ई.पू. ५,००० देखि नै सुँगुर पालन गरिएको प्रमाण भेटिएका छन्।[१] यो विश्वभर सबैभन्दा धेरै खपत हुने मासु हो।[स्रोत नखुलेको] सुँगुर दुवै ताजा पकाएको र प्रक्रियागत तरिकाले प्रसोधन गरी खाइन्छ। विशेष प्रशोधन प्रक्रिया वा क्योरिङ (Curing) गरिएका उत्पादनहरु लामो समयसम्म बिग्रिदैनन । ह्याम, सुकुटी, लगायत बेकन र ससेज संरक्षित पोर्क को उदाहरण हुन्। 

सुँगुरको पेटको मासु, मांसपेशी र बोसोका तह छालामुनि देख्न सकिन्छ
नेपाली तरिकाले पकाएको सुँगुरको मासु
बिस्तारै घुमाएर मन्द तापमा पकाएको सुँगुर

सुँगुरको मासु पूर्व र दक्षिण पूर्व एसियामा सबैभन्दा लोकप्रिय छ[स्रोत नखुलेको], र पश्चिमी मुलुकहरूमा पनि धेरै खाइन्छ। अत्यधिक बोसो र नरम बनावटका लागि एसियाली परिकारहरूमा यसलाई धेरै महत्त्व दिइन्छ। यहूदी धर्म, इस्लामको धर्म साथै केही मसीही संप्रदायले सुँगुरको मासु सेवनमा परेज गर्छन । सुँगुरको मासुको बिक्री विशेष मुसलमान देशहरूमा संविधानमै व्यवस्था गरी अवैध छ भने एक मात्र यहूदी बहुमत भएको देश इजरायलमा प्राय प्रतिबन्धित छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Pigs Force Rethink on Human History University of Oxford Press Office. 11 March 2005.