मङ्गलग्रहका दुइटा उपग्रहमाध्य ठूलो र नजिकफोबस हो। ग्रह धेरै नजिकभएकोले धेरै छिठोसङ्ग घुम्छ। एक पटक घुम्नलाई ७ घण्टा ३९.२ मिनेट मात्रै लागेकोले, हरेक दिन फोबस २ पटक पश्चिममा उदाएर पूर्वमा अस्ताउँछ।

फोबसको लम्बाई २४ कि. मी. मात्रै हो।

फोबस मङ्गलग्रहले कब्जा भएको क्षुद्रग्रह भएको विश्वास छ। हरेक शतब्दी फोबसको कक्षा १.८ मी. डुब्छ। अहिले ग्रहको सतहबाट ६००० कि.मी. माथी घुम्छ। ५ करोड वर्षपछि ग्रहसङ्ग ठोक्न पनि सक्छ, गुरुत्वको बलले फुटेर ग्रहीय चक्का हुन पनि सक्छ।

फोबस ढुङ्गा र बरफबाट बन्छ। त्यसको तौल झण्डै १० पद्म (१.०८ x १० १६) कि.ग्रा. हो।

अगस्ट १८, १८७७ अमेरिकाली खगोलशस्त्री एसफ हलले फोबस पत्ता लगाए।

प्रचीन युनानी धर्ममा युद्धको देउताको दुइजना छोरा थिए :- डर र आतङ्क। युरोपेली भाषामा मङ्गलग्रहलाई युद्धको देउताको नाम दिइएकोले, त्यसको उपग्रह छोराको नाम दिइए। फोबस भन्ने नामको मतलब "डर" हो।