फुन्छोलिङ्ग (जोंगखा: ཕུན་ཚོགས་གླིང་, /pʰyn.tsʰogs.gliŋ/) दक्षिणी भुटानको एक सीमावर्ती सहर हो। यो भारतिय सहर जयगाउँको छेवैमा छ। यो छुखा जोखाङ्गमा पर्छ। भुटानको सीमापार व्यापारको यो प्रमुख नाकाले स्थानीय अर्थव्यवस्था र सम्पन्नतामा प्रभाव पारेको छ। यो सहरले केन्द्रीय बैङ्कको प्रधान कार्यालयको रूपमा सेवा गर्दछ। २००५को जनगणना यो सहरको जनसङ्ख्या अनुसार २०,५३७ छ।

फुन्छोलिङ
ཕུན་ཚོགས་གླིང་
फुन्छोलिङ, भुटान
फुन्छोलिङ, भुटान
फुन्छोलिङ is located in Bhutan
फुन्छोलिङ
फुन्छोलिङ
भुटानमा स्थान
निर्देशाङ्क: २६°५१′०″उ॰ ८९°२३′०″पू॰ / २६.८५०००°N ८९.३८३३३°E / 26.85000; 89.38333
देश भुटान
जिल्लाचुखा जिल्ला
क्षेत्रफल
 • जम्मा१५.६ किमी (६�० वर्ग माइल)
उन्नतांश
२९३ मिटर (९६१ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा२७ ६५८
वेबसाइटpcc.bt

पुग्न सकिने नै सडक मार्गबाट मात्र, सहर प्रमुख भारतीय रेल नेटवर्क न्यू जलपाईगुडीको भागसँग जोडिएको छ। पश्चिम बङ्गालको उत्तरी सहरहरूबाट, फुन्छोलिङ्ग जान जोसुकैले कुनै स्थानीय बस टर्मिनलहरूबाट बस लिनु पर्ने छ। भारतीय र भुटानी दुवै सरकारद्वारा चलाइएकाछन्। यात्राको समय लगभग ६-८ घन्टा छ। [१]

सीमानाको बारपारमा संस्क्रितीमा प्रष्टरूपमा भिन्नता छ, जुन एउटा तिब्बती शैलीको द्वार भएको लामो पर्खालले छुट्याएको छ। कहिले काँही स्थानीय मानिसहरू कागजात बिना पार गर्न पनि सक्छन, तर भारतीय पासपोर्टको बिनाको घुमुवाले पंजीकृत टूर गाइडद्वारा प्रस्तुत भिषा आबश्य ठान्दछ। द्वार भुटानी सेना गार्डद्वारा ब्यबस्थित गरिएको छ। द्वार पछि भुबनौट घटदो छ।

सीमाले स्पष्ट रूपले एकदमै भिन्न दुई संस्कृति र मानिसलाई अलग गर्छ। जयगाउँ हलचल र कोलाहलपूर्ण छ,पश्चिम बङ्गाल अरु ब्यबसायीक केन्द्रहरूको समान, भिन्न धेरै स्पष्ट देखिने भुटानी पसलेसंग। फुन्छोलिङ्ग अन्य भुटानी सहरहरू भन्दा नौलो रूपमा सहरी छ, छिमेकी संस्कृति अवशोषित गरेको, तर स्पष्ट रूपमा धेरै शान्त र आफ्नो छिमेकी भन्दा व्यवस्थित। सामान्य रूपमा उपग्रह तस्वीर हेर्दा, जयगाउँ साना घरहरूले भरिएको छ, जबकि फुन्छोलिङ्ग पंक्तियहरूमा राखिएको ठुला भबनको अधिपत्यमा परेको छ। फुन्छोलिङ्ग नेपाली शरणार्थी लागि बनेको भुटानको आवास परियोजनाको संचालक पनि हो।

भुटानमा जाने किनबेच गरिएको धेरै जसो मालसमान छ, र यो भुटानमा भारतीय बजारलाई सजिलै पुग्न सकिने रूपमा स्वागत गर्ने, जयगाउँ धेरै ठुलो छ र धेरै घुमुवा प्राप्त गर्दछ। सबै भारतीहरूको लागि भुटानमा प्रवेश स्वतन्त्र छन्, र मुद्रा (जो वास्तवमा समतुल्य) समान रूपले व्यवहार गरिन्छ। भारतीय रूपयाको नोट्स भुटानको लगभग हरेक ठाउँ स्वीकार गरिन्छ।

थिम्पूको लागि सडक

सम्पादन गर्नुहोस्

सहरको लगभग जहासुकै ठाउबाट पनि, पहाडी भागमा सर्प जस्तो जेलिएको रूपमा थिम्पु जाने बाटो जोसुकैले देख्न सक्छ, र रातीको समयमा राजधानी तिर बढिरहेको टाढाकोको अगाडिको बत्ती सजिलै देख्न सकिन्छ। ठुलो मैदान पीएसएको पछाडी सडक छ जसले भुटानको बाँकी सहरहरूलाई जोडदछ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्