फुकुसिमा प्रदेश (जापानी: 福島県) जापानको उत्तरमा क्षेत्रमा अवस्थित एउटा प्रदेश हो। यसको भौगोलिक क्षेत्र १३,७८३ वर्ग किलोमिटर रहेको छ। फुकुसिमाको उत्तरमा मियागीयामागाता, पश्चिममा निगाता , दक्षिणपश्चिममा गुन्मा, र दक्षिणमा तोचिगीइबाराकी प्रदेश रहेको छ। यस प्रदेशको राजधानी फुकुशिमा शहर भएपनि र इवाकी शहर सबैभन्दा ठूलो शहर हो। फुकुशिमा जापानको तेस्रो ठूलो प्रदेश हो (होक्काइडो र इवाटे पछि)।

२०११ को भूकम्प सम्पादन गर्नुहोस्

शुक्रबार, मार्च ११, २०११ मियागी प्रदेशको तटमा ९.० म्याग्निच्युडको भूकम्प आयो। फुकुशिमा शहरमा सो भुकम्प ६.० मापन गरिएको थियो। भूकम्प र त्यसपछिको सुनामीको कारण आणविक भट्टीमा आगो लाग्यो। भट्टी बीस किलोमिटर वरीपरी क्षेत्रको ४७,००० बासिन्दाहरू सारीएको थियो।[१]

यो पनि हेर्नुहोस‍‍ सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Fukushima accident", Encyclopædia Britannica, अन्तिम पहुँच फेब्रुअरी १७, २०१९