फिस्टुला
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ। लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ। फ्रान्सका डा. हुवर्ड भन्छन्, “बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्यो भने यस्तो समस्या आउँछ।”
फिस्टुला |
---|
समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्। [१] फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि-दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक-मानसिक समस्या भोग्नुपर्छ। यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पुर्याएको छ।
यो गुप्तांगमा हुने रोग हुनाले प्रायः जचाउन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जान्छ । कहिले सन्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ । यो भिन्न–भिन्न प्रकार वा प्रकृतिको हुन्छ ।
फिस्टुलाका प्रकार
सम्पादन गर्नुहोस्फिस्टुलालाई निम्न लिखित आधारमा वर्गीकरण गरिन्छ ।
- सामान्य तथा जटिल- एक अथवा एकभन्दा बढी फिस्टुला भएकोलाई सामान्य अथवा जटिल फिस्टुलाको रूपमा वर्गीकृत गरिन्छ ।
- कम अथवा बढी -फिस्टुला भएको ठाउँ तथा मांशपेशीहरु (गुद्वारलाई खोल्ने र बन्द गर्ने मांशपेशी) को दुरीका आधारमा यसलाई कम अथवा बढी भनेर वर्गीकृत गरिन्छ ।
रोगको लक्षण
सम्पादन गर्नुहोस्- दिसा–घरवरिपरिको भागमा पटक–पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।
- पिपजस्तो तरल पदार्थ आउने ।
- बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।
- दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।
उपचार
सम्पादन गर्नुहोस्यस प्रकारको रोगमा आयुर्वेदिक क्षार सूत्र उपचार सफल र उत्तम उपचार पद्धति हो । यसमा विभिन्न जडिबुटीको मि श्रणबाट बनाईको औषधियुक्त सूत्र (धागो) लाई फिस्टुला (भगन्दर) मा राखी सो सूत्रले विस्तारै घाउलाई काट्दै, भर्दै जान्छ । उपचारको क्रममा हरेक हप्तामा एक या दुईपटक सूत्र फेरिरहनुपर्छ ।
यसबाट फिस्टुलाको लाक्षणिक उपचार मात्र नभई जरैदेखि रोग उन्मूलन हुने हुँदा एकपटक गरेपछि फेरि बल्झिँदैन । यस उपचारका क्रममा आफूले नित्य गरिरहने कार्य गर्नमा कुनै कठिनाइ हुँदैन, केवल सूत्र परिवर्तन गरेको दिनमा अलिकति पोल्ने र दुख्ने हुन्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "के हो फिस्टुला ?", अन्तिम पहुँच २६ Dec २०१९।