गोदान प्रेमचन्द को अन्तिम तथा आलोचकहरूका अनुसार उनको सबैभन्दा महत्त्वपूर्ण उपन्यास तथा हिन्दी साहित्यको उत्कृष्टताको उदाहरण हो । यस उपन्यासमा ग्रामीण परिस्थितिहरू तथा पात्रहरूको जीवन्त वर्णन गरिएको छ ।

यसको प्रकाशन १९३६ ईं. मा हिन्दी ग्रन्थ रत्नाकर कार्यालय बम्बईबाट भएको थियो । गोदान ग्राम्य जीवन र कृषी संस्कृतिको महाकाव्य हो । यसमा प्रगतिवाद, गान्धीवाद र माक्र्सवादको पूर्ण परिप्रेक्ष्यमा चित्रण गरिएको छ ।

गोदानको सन्दर्भमा कवि गुलजार भन्छन् ः– गोदान आज पनि प्रासंगिक छ र सँधै रहिरहनेछ । आज पनि गाउँको स्थिति दयनीय छ । कृषक आज पनि आत्महत्या गर्न विवश छन्, हामीले मुंशी प्रेमचन्द को कालजयी आवाजलाई अवश्य सुन्नुपर्छ ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

[१]