म किन विकिमा छु ?

  • नेपालमा शिक्षा सबैभन्दा बढी नाफामूलक व्यवसाय भएको छ । सरकारी विद्यालयको शिक्षा एकदमै नाजुक स्थितीमा छ । गुणस्तरीय शिक्षाको नाममा व्यापारीहरूले अभिभावकहरूलार्इ लुटीरहेका छन् । म सम्पूर्ण नेपालीहरूलार्इ नेपाली भाषामा निःशुल्क पाठ्यसामाग्रीहरू प्रदान गर्न चाहन्छु ।
  • नेपालमा धेरै सम्भावनाहरू छन् तर पनि यहाँका युवाहरू मरूभूमिमा मजदुरी गर्न विवस छन् । हाम्रा धेरै सम्पदाहरू त्यतिकै खेर गइरहेकाछन् । म मेरो देशको वास्तविक अनुहार विदेशी तथा सम्पूर्ण नेपालीहरूलार्इ चिनाउन चाहन्छु ।
  • प्रकृतिले नेपाललार्इ असङ्ख्य जीवजन्तु तथा वनस्पतिले सजाएको छ । विश्वभरमा नेपाल मात्रै एउटा त्यस्तो देश हो जुन समुन्द्र सतहबाट ६० मिटर केचनादेखि ८,८४८ मिटरको उचाइ सगरमाथासम्म फैलिएको छ जहाँ बाघदेखि हिउँ चितुवासम्म पार्इन्छ । यो सञ्जिवनी पाइने देश हो, यहाँ धेरै जडीबुटीहरू त्यतिकै खेर गइरहेका छन् । अझै पनि धेरै जडीबुटीहरूको पहिचानसमेत हुनसकेको छैन ।
  • नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । म यहाँ मेरो संस्कृतिको बारेमा लेख्दैछु, जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म दुनियाँलार्इ देखाउन चाहन्छु ।
  • नेपाली हु यसमा मलाई गर्व छ।
  • यो त्यही नेपाल हो जहाँ विर गोर्खाली हरू जन्मे।
  • यो नेपाल जहाँ शान्तिका दुत भगवान गौतम वुद्ध उदाय।
  • यो नेपाल जहाँ संसारको सिर सगरमाथा सानदार रूपमा बसेको छ।
  • मलाई पर्ने ठाउ
    • पोखरा, जोमसोम
    • खप्तड, रारा,
    • मनकामना, लुम्बिनी
    • इलाम, धरान


जय नेपाल!!