Biography सम्पादन गर्नुहोस्

बल राम प्याकुरेल (लव प्याकुरेलको रूपमा पनि चिनिन्छन्), वृत्तचित्र फिल्म सम्पादक/चलचित्रकर्मीको रूपमा 25 बर्षभन्दा बढी समयदेखि नेपाली चलचित्र उद्योगमा क्रियाशील छन्। उनी श्रव्यदृश्यको तदर्थ उपयोग, पोष्ट उत्पादन टुल्स र प्रक्रिया एवं रैखिक र गैर रेखीय दृश्य सम्पादनमा सिद्धहस्त छन्। एक राम्रो लक्ष्यका साथमा उनिसँग श्रव्यदृश्यको गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्ने उच्चस्तरको समझ, ध्वनि सम्पादन र डबिंग एवं प्रथम श्रेणी समय व्यवस्थापन र संगठनात्मक कौशलता छ। नयाँ शैली, नयाँ विचार र रचनात्मक कार्य सँगै अप-टू-डेट टेक्नोलोजी, सफ्टवेयर र हार्डवेयर प्रयोगमा उनिसँग उच्चस्तरको अनुभव र दक्षता छ। विशेषगरी, नेपाली श्रव्यदृश्य क्षेत्रमा उनले रैखिक सम्पादन प्रणालीबाट वर्तमान डिजिटल सम्पादन टेक्नोलोजीको संक्रमणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। वृत्तचित्र फिल्म क्षेत्रमा आफ्नो पहुँच र पहिचान स्थापित गरेका प्याकुरेलले शिखर सम्मान (२०७५), स्वर्णिम सम्मान (२०७६), देवकोटा प्रतिभा सम्मान (२०७७) लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन्। उनी चलचित्रमाध्यमबाट स्वदेशी र विदेशीविच आपसी एकता, सहयोग र सद्भावको एक मैत्रीपूर्ण समझदारी विकास गर्न दृढ छन्।