बालकृष्ण खनाल[] पृष्ठभूमिमा हुर्केर पछि येशूलाई चिनेकाहरुमा आफ्नो पुराना स्वभावहरु धेरै मात्रामा लुकेकै हुँदोरहेछ पण्डित पण्डाको ठाउँमा पाष्टर मन्दिरको सट्टामा मण्डली भेलाको सट्टामा संगति शिविर चन्दाको सट्टामा भेटी भैलोको सट्टामा क्यारल आदि ।

येशू पाए पछि मान्छे पुरै स्वतन्त्र हुन्छ तर घुमाइ रिंगाइ नयाँ रिंगमा हुलेर चेलाहरुलाई नयाँ बाजाको तालमा नचाउन जानेका गुरुहरुले बन्धनमा पो राख्न थाले कि यसमा पनि समसामयिक सुधारको खाँचो छ ।

राजनीतिक पार्टीहरुमा पनि यस्तै खेला छ कि पुरानै गन्हाएको पार्टीमा नाक थुनेर बस हैन केही नयाँ गर्न खोज्यो खुट्टा तान्ने थुप्रै भेटिन्छन् दुनियाँको मेला मेलामा झमेला परी आउँदा कोही छैन सबै अकेला ।

लेखक

बालकृष्ण खनाल

केन्द्रीय सदस्य जसपा नेपाल ।

  1. खनालहरुको गोत्र धृत कौसिल्या (धृत कौसिक) भने पनि यिनीहरू बशिष्ठ भित्र पर्दछन् किनभने शुरुआतमा मनु (आदम) बाटै कुलहरु बढ्दै गएको हो, त्यो हिसाबले सबैको कुलपिता एउटै हुन भन्न पर्यो । सप्तऋषि भित्रका कश्यप अत्री वशिष्ठ गौतम जमदग्नी भारद्वाज बिश्वामित्र मध्ये जुन ऋषिको शिक्षामा जुन हाँगो हुर्क्यो उसलाई त्यही गोत्र प्रदान गर्ने चलन थियो पछि कसै कसैले आफ्नै नाम बाट पनि गोत्र चलाउने चलन बसाले, धृत कौसिल्या ऋषिलाई शिक्षा दिने काम वशिष्ठले गरेको कुरा एउटा लेखमा पढ्न पाइएको थियो । गोत्र भित्र बिबाह गर्न नपाइने हुनाले बिच बिचमा गोत्रलाई भाग भाग गर्ने कामहरु पनि भए, साथै गोत्र भित्रको हत्यालाई महापाप मानिने हुनाले गोत्र हत्याको पाप पखाल्न आफ्नो गोत्र त्यागेर नयाँ गोत्र धारण गर्ने चलन पनि बस्यो, पृथ्वीनारायण शाहले पनि काशी गै गोत्र परिवर्तन गरेको कुरा पढेकै हो, त्यसताका त्यस्तो गर्न खोज्नेहरुले आफ्नो गोत्र त्यागेर कश्यप गोत्र धारण गर्ने चलन थियो किनभने उतिबेला गोत्र थाहा नभएकाहरुलाई कश्यप गोत्र प्रदान गर्ने चलन रहेछ । यसैले यो गोत्रका मानिसहरु धेरै हुने भएकाले यसबाट ठुलो जमातको सपोर्ट पनि प्राप्त हुने अवसर मिल्थ्यो । गोत्रका आधारमा खनालहरुको पनि ठुलै बंश लहरो हुने देखेर राजा राम शाहले सात हराम र सात बिराममा पनि खनालहरुलाई आममाफी दिने भनी पञ्जा पत्र जारी गरेका थिए । बालकृष्ण खनाल

राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० र जनसंख्या वृद्धिदर ०.९३ रहेको तथ्यांक देखाएछ, जनसंख्या नबढ्नाको कारणमा धेरै विद्वान मित्रहरुले धेरै कारणहरु पेश गर्नु भएको सुने, तर मुख्य कारणहरु मध्ये केही कारणहरु थाहा पाएर पनि बोल्न नखोज्नु भएको हो कि कुन्नि किन हो उहाँहरुले छुटाउनु भयो मैले आफ्नो घर परिवार र सामाजिक परिवेशलाई सुक्ष्म रुपमा अध्ययन गर्दा जे पाए त्यसलाई यहाँहरु समक्ष राख्ने बिचार बनाए यसलाई अन्यथा नलिई दिनुहोला ।

१. नेपालीहरु अमेरिका भारत बेलायत लगायतका अन्य देशहरूमा बसाइँसराइ जाने क्रम बढेको छ ।

२. राम्रो स्वास्थ प्रजनन क्षमता भएका लाखौं महिलाहरू कामको खोजीमा बिदेशी देशहरूमा जानाले ।

३. परिवार नियोजन सम्बन्धि शिक्षाको राम्रो ज्ञानले ।

४. बिबाह गर्ने उमेर २० बर्ष राख्नाले यसबाट ठुलै समुहलाई नियन्त्रणमा राख्न सकिएको छ ।

५. लिभिङ टुगेदर सम्बन्धि सोच बढ्दै गएको र यस्ता समुहले बच्चा जन्माउने गरेको देखिएन ।

६. नोकरी वा अन्य ब्यबसायको सिलसिलामा केटाकेटा केटीकेटी साथीहरू रुम शेयर गरेर बस्ने र त्यस्तो समुहले पनि आदि कुरामा खासै रुचि लिएको देखिएन, कसैको ब्यक्तिगत स्वतन्त्रताको हनन गर्न खोजेर यो लेख तयार पारेको हैन है, मित्रहरू यहाँहरु सँग अझै पनि थप्न पर्ने केही कुराहरु भए थप्दै जानुहोला; धन्यवाद ।

 विद्यालयको वार्षिकोत्सबमा हेडसरले दुइजना मुर्ख नेतालाई भूगोलको बारेमा मन्तव्य राख्न अनुरोध गरे ।
पहिलोले भाषण शुरु गर्यो भूगोल भन्नाले भकुण्डोको गोल हुनुपर्छ त्यसैले भूगोल भनिएको हो जबर्जस्त ताली बज्यो कार्यकर्ताले अर्थ लगाए हाम्रो नेताले कुरो मिलाउनु भयो किनभने पृथ्वी गोलो छ, नारा लाग्यो हाम्रो नेता जिन्दावाद ।
दोस्रोको पालो आयो उसले भन्यो केको भूगोल भकुण्डो हुनु र कसरी त्यसको गोल हुन्छ ? भू भनेको पृथ्वी र गोल भनेको गोलाकार हो म त्यसै ठाउँमा चारबर्ष बसेर आएको हुँ ईन्द्रका अगाडि स्वर्गका कुरा गर्ने के हामीलाई हेपेको ? यत्तिकैमा झन चर्काे तरिकाले ताली बज्यो सबैले भन्नथाले हो त उहाँ देश बिदेश घुमेको मान्छे भाषण पनि दमदार दिनुभयो झन चर्को नारा लाग्यो हाम्रो नेता जिन्दावाद, जनता जनार्दनले बिचरा अलमलमै ताली बजाए ।
मित्रहरू MCC, ICC, CCC  का बारेमा बुझेर बोल्दा राम्रो हुन्थ्यो हिजो पनि CC वाला ग्रुपले निकै चर्को भाषण गरे, हाम्रो देशमा बोलेर जित्ने र बोलेकालाई हराएर जित्ने गरि मुख्य रुपमा दुई थरिका नेताहरु देखा परे ।
 हामीकहाँ पढ्ने बुझ्ने र त्यसै बिषयमा गहिरो अध्ययन गरेर बोल्ने मान्छे थोरै रहेछन् किनभने बेलुका भयो सिसी पिउने बिहान उसैको ह्याङ्ग , न बिषयको गहिरो ज्ञान न अध्ययन गर्ने ध्यान उहीँ अघि स्कुल कलेजमा पढेको ज्ञानले कानी कुथी मिलाइ जुलाई भाषण पड्कायो अशिक्षित जनताको अगाडि नेता टोपलियो हैन यसरी आफै पनि अज्ञानी र आफ्ना पिछलग्गुलाई पनि अँध्यारोमा राखेर कति दिन राजनीति गर्नुहुन्छ नेताज्यु ? 
 मान्छे नबोल्दा नलेख्दासम्म हो विद्वान ठहरिने, बोलाइ र लेखाइ पछि विद्वानले तपाईंलाई बुझ्ने छ र आफ्नो तराजुमा जोख्नेछ अनि थाहा पाउनेछ तपाईंको अौकात, त्यसैले हिजोआज तपाईहरुको अगाडि पछाडि भिड घटन थालेको छ किन भिड् धट्यो त्यतातिर पनि गम्भीर भएर बिचार गर्नुस् न रहे बाँस न बजे बाँसुरी होला थाहा गर साथीहरू ।