प्रदेश प्रमुख (बागमती प्रदेश)
बागमती प्रदेशको प्रदेश प्रमुख नेपालको बागमती प्रदेशको नाममात्रको राष्ट्रप्रमुख र नेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग बागमती प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो बागमती प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।
चयन प्रक्रिया
सम्पादन गर्नुहोस्नेपालको संविधानको धारा १६४ मा भनिएको छ:
- सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
- पैंतीस वर्ष उमेर पूरा भएको, र
- कुनै कानूनले अयोग्य नभएको।
सूची
सम्पादन गर्नुहोस्क्र. | नाम | पदभार ग्रहण | पदभार मुक्त | पदावधि |
---|---|---|---|---|
१ | अनुराधा कोइराला | २०७५ माघ ५ | २०७६ कात्तिक १७ | २८८ दिन |
२ | विष्णुप्रसाद प्रसाई | २०७६ कात्तिक १९ | २०७८ भदौ ४ | १ वर्ष, २८८ दिन |
३ | यादवचन्द्र शर्मा | २०७८ भदौ | २०८१ साउन १६ | २ वर्ष, ३४६ दिन |
४ | दीपकप्रसाद देवकोटा | २०८१ साउन १७ | बहालवाला | १५४ दिन |