प्रदेश प्रमुख (गण्डकी प्रदेश)
गण्डकी प्रदेशको प्रदेश प्रमुख नेपालको गण्डकी प्रदेशको नाममात्रको राष्ट्रप्रमुख र नेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग गण्डकी प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो गण्डकी प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।
चयन प्रक्रिया
सम्पादन गर्नुहोस्नेपालको संविधानको धारा १६४ मा भनिएको छ:
- सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
- पैंतीस वर्ष उमेर पूरा भएको, र
- कुनै कानूनले अयोग्य नभएको।
सूची
सम्पादन गर्नुहोस्क्र. | नाम | पदभार ग्रहण | पदभार मुक्त | पदावधि |
---|---|---|---|---|
१ | बाबुराम कुँवर | २०७५ माघ ५ | २०७६ कात्तिक १७ | २८८ दिन |
२ | अमिक शेरचन | २०७६ कात्तिक १९ | २०७८ वैशाख २० | १ वर्ष, १७९ दिन |
३ | सीताकुमारी पौडेल | २०७८ वैशाख २० | २०७८ साउन १२ | ८५ दिन |
४ | पृथ्वीमान गुरुङ | २०७८ साउन १२ | २०८० फागुन ३० | २ वर्ष, २३० दिन |
५ | डिल्लीराज भट्ट | २०८० चैत २ | बहालवाला | २९१ दिन |