प्रतिभूति
लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरी दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै शेयर, ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । शेयर, ऋणपत्र जस्ता वित्तीय सम्पतीहरूलाई नै प्रतिभूति वा धितोपत्र (अङ्ग्रेजी: securities) भनिन्छ ।[१]
विशिष्ट विशेषताहरु
सम्पादन गर्नुहोस्- मुद्रापन
- पूर्ण रूपमा विभाज्य
- नगद प्रवाह
- परिपक्व अवधि
- परिवर्त्यता
- मुद्रा
- तरलता
- बजारयोग्य
- हस्तान्तरणयोग्य
- कर अवस्था
प्रतिभूतिहरूको विशेषताले कारणले प्रतिभूतिलाई लगानीको सरल र आकर्षक विकल्प मानिन्छ ।
यो पनि हेर्नुहोला
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स