ट्रेजरी बिल मुद्रा बजारमा खरिद बिक्री गरिने मुख्य प्रतिभूति हो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।[] ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिन्छ।[]

१९६९मा जारी भएको  $१००,००० को ट्रेजरी बिल

निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो ऋणपत्र बिल विक्रि गरिन्छ। निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोल-कबोलको माध्यमबाट निष्कासन हुने गर्दछ। बोल-कबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ। बोल-कबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ। एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सक्छ। ट्रेजरी बिलमा ब्याजदरको सट्टामा डिस्काउण्ट दर लागू गरिन्छ। डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ।[]

ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ। ट्रेजरी बिललाई प्रमिशरी नोट सरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक-आपसमा दरपीठ गरी खरिद बिक्री गर्न सकिन्छ ।[]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्