प्रतिभा राणा (२ जुन, १९४६) राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा जापानको लागि नेपाली राजदूत हुन्।[१][२] उनी २०७४ बैशाखमा राजदूत नियुक्त भएकी थिइन् । प्रतिभा राणा काङ्ग्रेस राजनितिज्ञ आरजु राणा देउवाकी आमा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी सासू हुन्।

प्रतिभा राणा
जापानको लागि नेपालको राजदूत
पद बहाली
२०१७ जुन
व्यक्तिगत विवरण
जन्म (1946-06-02) २ जुन १९४६ (उमेर ७७)
जीवन साथीविनोद शमशेर जङ्गबहादुर राणा
सन्तान(हरू)आरजु राणा देउवा

जीवनी सम्पादन गर्नुहोस्

प्रतिभा राणा जनरल शेरबहादुर मल्ल र युवराजेश्वरी मल्लकी छोरी हुन् | उनले १३ वर्षको उमेरमा विनोद शमशेर जङ्गबहादुर राणासँग विवाह गरेकी थिइन् । उनीहरूका ३ सन्तान मध्ये आरजु राणा देउबा जेठी सन्तान हुन्। उनले वाणिज्यमा स्नातक गरेकी छिन् र स्नातकोत्तरको पहिलो सेमेस्टरमा भाग लिइन् तर केही व्यक्तिगत कारणले उनले छोडिन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "चौध देशमा राजदूत सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय", www.opmcm.gov.np, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अन्तिम पहुँच २४ अक्टोबर २०२३ 
  2. "राजदूत फिर्ती निर्णय: नेपालको छविमा कस्तो असर पर्न सक्छ", www.bbc.com, बिबिसी नेपाली, अन्तिम पहुँच २४ अक्टोबर २०२३