पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान वा पहिला पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रूपमा परिचित, नेपालका भएका ९ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू मध्ये एक हो। चिकित्सा विज्ञानको अध्ययन अध्यापन हुने यो प्रतिष्ठानको नाम पोखरा सहरबाट लिइएको थियो। यो पोखरा महानगरपालिका वडा नम्बर ११ रामघाटमा अवस्थित छ। यसको स्थापना वि.सं २०७२ सालमा भएको थियो। २०७२ सालमा नेपालको संसदबाट पारित भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरि स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रूपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रकारस्वास्थ्य विज्ञान प्रतिष्ठान
स्थापनावि.सं. २०७२
कुलपतिप्रधानमन्त्री
स्थान
२८°१६′०१″N ८३°५८′०७″E / २८.२६६८९०°N ८३.९६८५१°E / 28.266890; 83.96851
उपकुलपति डुकबहादुर क्षेत्री[१]
वेबसाइटpoahs.edu.np

‍‍‌== सन्दर्भ सामग्रीहरू ==

  1. "पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच ५ असार २०८१