पेत्रा
पेत्रा (Greek: "πέτρα" (petra), meaning rock; Arabic: البتراء, Al-Batrāʾ)जोर्डनको ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सहर हो । यो सहर चट्टानमा कुँदिएका कलाकृति तथा तत्कालिन समयमा जल प्रवाहका लागि निर्माण गरिएका सुरुङहरूका लागि प्रख्यात छ । यशुको जन्मभन्दा करीब ६०० वर्ष पहिले नबाताइन्स राज्यको राजधानी सहरको रूपमा स्थापना भएको मानिने पेत्रा जोर्डनको पहिचान मात्र नभएर सबैभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने स्थान पनि हो । यो सहर 'हर' नामक पर्वतको काखमा अरबाह (Wadi Araba) उपत्यकाको पूर्वी खण्डको रूपमा रहेको छ । अरबाह उपत्यका मृत सागरदेखि अकाबाको खाडीसम्म फैलिएको एक ठूलो उपत्यका हो । सन् १९८५मा पेत्रा सहरलाई युनेस्को(UNESCO)ले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । स्विस खोजकर्ता जोहान लडविङ बर्खार्डले सन् १८१२मा विश्वमाझ परिचित गराउनु पूर्व यो सहर पश्चिमाहरूको लागि अज्ञात थियो । जोन विलियम बर्गनको Newdigate Prize जित्न सफल एक कवितामा पेत्रालाई "आधा समय जतिकै पुरानो, गुलाफ झैं रातो" सहरका रूपमा चित्रित गरिेएको छ । त्यस्तै युनेस्कोले "सम्पूर्ण मानव समुदायको बहुमुल्य सांस्कृतिक सम्पदाहरूमध्ये एक सांस्कृतिक धरोहर"को रूपमा ब्याख्या गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पेत्रालाई "मानिसले मर्नुभन्दा पहिला भ्रमण गर्नैपर्ने ४० स्थानहरू"को सूचीमा समेत समावेस गरेको छ ।
पेत्रा | |
---|---|
स्थान | Ma'an Governorate, जोर्डन |
अवनति | ८१० मी (२,६५७ फिट) |
Settled | 7000 BC[१] |
निर्मित | 1200 BC[१] |
पर्यटकहरू | 580,000 (2007 मा) |
प्रशासनिक निकाय | Petra Region Authority |
प्रकार | Cultural |
मापदण्ड | i, iii, iv |
नामाङ्कित | 1985 (9th session) |
सन्दर्भ नं. | 326 |
State Party | Jordan |
Region | Arab States |
website | www |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Jordan" उपलब्ध छैन्. |
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्लेखक तथा इतिहासकारहरूले पेत्रालाई तत्कालिन नबाताइन्स राज्यको राजधानी सहर तथा व्यापारिक केन्द्रको रूपमा परिचित गराएकाछन । अग्ला चट्टानहरूले घेरिएको तथा प्रसस्त पानीका मुहान भएको पेत्रा एक सुरक्षित किल्ला थियो । यतिमात्र नभएर पेत्रा, यही सहर भएर पश्चिममा गाजा, उत्तरमा बासरा र दमास्कस, लालसागर आसपासका अकाबा लगायतका क्षेत्रहरूमा तथा मरुभूमीपारि रहेको पर्सियन खाडीसम्म गरिने व्यापारिक कारोबारको केन्द्र पनि थियो । यो क्षेत्रमा गरिएका उत्खननबाट प्राप्त तथ्यहरूका अनुसार नबाताइन्सका बासिन्दाहरूको पानीको प्रवाहलाई नियन्त्रण गर्ने अद्भुत क्षमताले नै मरुभूमीमा कृतिम मरुद्यानको रूपमा यो सहरलाई स्थापित गराएको हो । पुरातात्विक अध्ययन तथा अनुसन्धानबाट पेत्राका बासिन्दाहरूले बाँध, नाली तथा पोखरीहरूको उपयोग गरेर यहाँ आउने आकस्मिक बाढी नियन्त्रण गर्ने गरेको तथ्य पत्तालागेको छ । पेत्राबासीहरू यही प्रविधिको प्रयोग गरी सङ्कलन गरिएको पानी लामो खडेरीको समयमा प्रयोग गर्ने तथा मरुभूमीको यात्रामा रहेका व्यापारीहरूलाई बेचेर उपयोग गर्ने गर्दथे । प्राचिन समयमा मानिसहरू दक्षिण तर्फबाट जबाल हारुन(आरोनको पर्वत) वा उत्तर तर्फको उच्चसमस्थली हुँदै पेत्राको मैदानी भूभागसम्म पुग्नेगर्दथे । तर आजभोलि मानिसहरू पूर्वी बाटोको प्रयोग गर्ने गर्दछन । पेत्राको पूर्वी प्रवेश मार्ग पत्रेदार चट्टानमा दरार परेर प्राकृतिक रूपमा बनेको अँध्यारो र भिरालो खोंच हुदै गएको छ । सिक नामक उक्त खोंच ३ देखि ४ मिटर फराकिलो छ, जसले पानीको निकासको रूपमा समेत काम गरेको छ । यो खोंच हुदै गएको पानी वादी मुसा नामक नगरमा प्रवेश गर्दछ । उक्त खोंचको अर्को छेउ पेत्राको अत्यन्तै कलात्मक भवन अल खज्नाहमा पुगेर खुल्छ । खजानागृहको नामले समेत चिनिने यो भवन पनि पत्रेदार चट्टानमा खोपेर बनाइएको हो । यो खजानागृहको केही पर पहाडको फेदीमा एउटा एन-नेज्र नामक भव्य रंगशाला छ । सकेसम्म वरिपरि रहेका धेरैभन्दा धेरै समाधिहरू देख्न सकिनेगरी यो रंगशालाको निर्माण गरिएको छ । यही स्थानबाट अरबाह उपत्यकाको समथर भूमी सुरुहुने भएकोले, यो स्थानबाट सहरका मनोरम दृष्यावलोकनगर्न सकिन्छ ।