पृथ्वीपति शाह

गोरखाका राजा
(पृथ्वीपत्ति शाहबाट अनुप्रेषित)

पृथ्वीपत्ति शाह गोरखा राज्य का राजा थिए। यिनको जन्म गोरखाका राजा रूद्र शाह र रानी पूर्णवत्ती देवीको कोखबाट भएको हो। यिनी राजकुमार वीरभद्र शाहका बुवा र राजा नरभूपाल शाहका हजुरबुवा थिए। यिनको शासनकाल सन् १६७३ देखि १७१६ सम्म रह्यो। यिनको देहान्त सन् १७१६ मा गोरखा दरबारमा भयो।

पृथ्वीपत्ति शाह
गोरखाको राजा
शासनकालवि.सं. देखि (सन् १६७३ देखि १७१६)
पूर्वाधिकारीरूद्र शाह
उत्तराधिकारीनरभूपाल शाह
जन्मवि.सं.
मृत्युवि.सं. (सन् १७१६)
गोरखा दरबार
सन्तानवीरभद्र शाह
वंशशाह वंश
बाबुरूद्र शाह
आमापूर्णवत्ती देवी
धर्महिन्दू

यिनको पालामा गोरखा राज्य विरुद्ध बारपाकका सामन्तहरूले विद्रोह गरेकाले त्यसको दमन गरी वारपाकलाई गोरखा राज्यमा नै मिलाइएको थियो। यिनी काठमाडौँ उपत्यका आई वि.सं. १७३५ आश्विन १५ गते कान्तिपुरका राजा नृपेन्द्र मल्लसँग मितेरी लगाएका थिए। यिनले वि.सं. १७३७ मा रामेश्वर महादेव मन्दिर अगाडि आफ्नो शालिक समेत स्थापना गरे। यिनका पालामा गोर्खा र लमजुङ राज्य वीच धेरै पटक युद्ध भएको थियो। यिनका अनेकौँ छोरा मध्ये वीरभद्र शाह र रणदुर्लभ शाह अति सुयोग्य राजकुमार थिए। रणदुर्लभ शाहको नेतृत्वमा गएको फौजले लमजुङको फौजलाइ हराएको थियो।

दाजु युवराज वीरभद्र शाहको शंका र दरबारको षड्यन्त्रमा परि राजकुमार रणदुर्लभ शाहले आत्महत्या गर्नु परेकाले राजा पृथ्वीपती युवराज वीरभद्रसँग असन्तुष्ट थिए। यसैबेला युवराज वीरभद्र शाह दरबार छाडेर धादिङ काठमाडौँ हुँदै वि.सं. १७९४ बोर्लाङ घाटतिर मृत्यु भएको थियो। उनकी गर्भवती रानी मालिकावती माइतीघर तनहुँ गएकी र त्यहीँ नै नवयुवराज नरभुपाल शाहको जन्म भएको थियो। त्यसपछि नरभुपाल शाहलाई गोरखा ल्याई उत्ताराधिकारी बनाइएको थियो।

झण्डै ४७ वर्ष शासन गरी वि.सं. १७७३ मा पृथ्वीपति शाहको मृत्यु भएको थियो। पृथ्वीपति शाह सबैभन्दा लामो समयसम्म शासन गर्ने शाहवंशीय राजा मानिन्छन्।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
पूर्वाधिकारी
रूद्र शाह
गोरखाको राजा
सन् १६७३ – १७१६
उत्तराधिकारी 
नरभूपाल शाह