पिङ्-पङ् कूटनीति (चिनियाँ: 乒乓外交 Pīngpāng wàijiāo) भन्नाले शीतयुद्ध ताका संयुक्त राज्य अमेरिकाजनवादी गणतन्त्र चीनका बिचमा सन् १९७० को प्रारम्भमा भएको टेबल टेनिसका खेलाडीहरूको आदानप्रदान भन्ने बुझिन्छ जसको सुरूवातको प्रमुख कारण जापानको नागोयामा भएको सन् १९७१ को विश्व टेबल-टेनिस च्याम्पियनसीपमा अमेरिकाका ग्लेन कोवान र चीनका झ्वाङ् जेडोङ् बिच भएको मुठभेड थियो।[१] यो घटनाले सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनको बेइजिङ भ्रमणको लागि मार्ग प्रशस्त गर्‍यो र यसलाई संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनबिचको सम्बन्धमा एउटा महत्वपूर्ण मोडको रूपमा हेरिने गर्छ।

Nixon attending a ping-pong exhibition in Beijing.

पृष्ठभूमि सम्पादन गर्नुहोस्

संयुक्त राज्य अमेरिकाले १९५० मा कोरियाली युद्धमा जनवादी गणतन्त्र चीनको प्रवेश भएपछि ची लाई एक आक्रामक राष्ट्रको रूपमा हेर्ने गर्थ्यो र प्रतिबन्ध सहित आर्थिक नियन्त्रण नीति लागू गर्यो। लगभग २० वर्ष बिना कूटनीतिक र आर्थिक सम्बन्ध पछि, दुवै देशहरू अन्ततः एकअर्कासंग नजिक हुँदा फाइदा देखे: चीनले सोभियत संघसँगको आफ्नो बढ्दो तनावपूर्ण सम्बन्धलाई सामना गर्न संयुक्त राज्य अमेरिकासँगको घनिष्ठ सम्बन्धलाई लाभदायक देख्यो । अमेरिकाली उत्तर भियतनामसँगको शान्ति वार्तामा चीनसँगको सम्बन्धलाई फाइदाको रूपमा।

""जापानको नागोयामा आयोजित ३१औँ विश्व टेबल टेनिस च्याम्पियनसिपले चीन र संयुक्त राज्य अमेरिका दुवैलाई अवसर प्रदान गर्‍यो।" [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [१] वेब्याक मेसिन अभिलेखिकरण जुन ३, २०१९[मिति मिलें] मिति.
  2. Jiaqi, Yan; Gao, Gao (१९९६), Turbulent Decade: A History of the Cultural Revolution, University of Hawaii Press, पृ: 433, आइएसबिएन 978-0-8248-1695-7 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्