पारलैङ्गिक गौरव झण्डा

पारलैङ्गिक व्यक्तिहरूलाई प्रतिनिधित्व गर्ने विभिन्न प्रकारका झण्डाहरू बनेका छन् । सन् १९९९मा मोनिका हेल्म्सले बनाएको झण्डा बढी प्रचलनमा रहेको पाइन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

 
पारलैङ्गिक गौरव झण्डा

मुख्यतः प्रचलनमा रहेको पारलैङ्गिक गौरव झण्डा मोनिका हेल्म्सले सन् १९९९मा बनाए र सन् २०००मा पहिलो पटक संयुक्त राष्ट्र अमेरिकाको फिनिक्स शहरमा प्रदर्शन गरिएको थियो । यस झण्डामा पाँचवता धर्काहरू छन् । सबै भन्दा माथि र तल रहेको फिक्का नीलो रङ्गले बालकहरूको परम्परागत रङ्गलाई जनाउँछ भने त्यसपछि आउने फिक्का गुलाफी रङ्गले बालिकाहरूको परम्परागत रङ्गलाई जनाउँछ । बीचको सेतो रङ्गले लैङ्गिक आन्तरणलाई जनाउँछ । [१] [२] [३]

सन २०१४ अगष्ट १९ तारिखका दिन मोनिका हेल्म्सले पारलैङ्गिक गौरव झण्डाको सक्कल प्रति अमेरिकी इतिहासको राष्ट्रिय संग्रहालयलाई दान गरे । [४]

प्रचलन सम्पादन गर्नुहोस्

पारलैङ्गिक गौरव झण्डा विश्वव्यापी प्रचलनमा रहेको छ ।

प्रशासन सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्र अमेरिकाको फिलाडेल्फिया सरकारले सन् २०१५मा पहिलो पटक पारलैङ्गिक गौरव झण्डा सिटी हलमा उठाए । यो फिलाडेल्फियाको १४औँ पारलैङ्गिक स्वास्थ्य सम्मेलनको उपलक्षमा गरिएको थियो । [५]

इमोजी सम्पादन गर्नुहोस्

सन् २०२०मा सार्वजनिक भएको इमोजी १३.०ले पारलैङ्गिक गौरव झण्डालाई पनि इमोजीका रूपमा समावेश गरेका छन् । [६] [७]

नेपालमा सम्पादन गर्नुहोस्

नेपालको इतिहासमा सन् २०१९ देखि मनाउन थालिएको पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवसमा पारलैङ्गिक गौरव झण्डाको प्रयोग गरिएको थियो । [८] सन् २०१९ देखि आयोजना गरिएको नेपाल गौरव यात्रामा पारलैङ्गिक गौरव झण्डा प्रयोग गरिएको थियो । [९] नेपालमा पारलैङ्गिक अधिकार समूह र क्वयेर युथ ग्रुपले पारलैङ्गिक गौरव झण्डको प्रयोग ल्याएका छन् । [१०] [११]

अरु सम्पादन गर्नुहोस्

मोनिका हेल्म्सले निर्माण गरेको पारलैङ्गिक गौरव झण्डा व्यापक प्रचलनमा रहेपनि यस बाहेक पनि विभिन्न पारलैङ्गिक गौरव झण्डाहरू प्रचलनमा रहेको पाइन्छ ।

काला सम्पादन गर्नुहोस्

 
काला वर्णको पारलैङ्गिक गौरव झण्डा

अधिकारकर्मी रकेल विलिसद्वारा सन् २०१५मा कालो वर्णका व्यक्तिहरूको लागि पारलैङ्गिक गौरव झण्डा परिचय गराएका थिए । [१२] पारलैङ्गिक आन्दोलनमा पनि कालो वर्णका पारलैङ्गिक व्यक्तिहरू पछाडी पारिएको र पारलैङ्गिक व्यक्तिहरू प्रति हुने हिसांको अधिकांश शिकार काला वर्णको पारलैङ्गिक व्यक्तिहरूलाई हुने गरेको विषयमा अझै प्रकाश पार्न उनले यो झण्डा अघि सारेको थियो । त्यसपछि यस झण्डाले कालो वर्णका व्यक्तिहरू मुक्ती मंगलबारको अवशरमा व्यापक प्रयोग पायो । [१३]

इजरायली सम्पादन गर्नुहोस्

 
इजरायली पारलैङ्गिक गौरव झण्डा

इजरायली पारलैङ्गिक समुदायहरूले छुट्टै प्रकारको पारलैङ्गिक गौरव झण्डा निर्माण गरेका छन् । [१४]


सन्दर्भ सम्पादन गर्नुहोस्

थप सम्पादन गर्नुहोस्