पातल पलाया रूईन पहिलो ऐतिहासिक डोटेली भाषाको चलचित्र गौरीमा समावेश एक गीत हो[१][२] जुन चलचित्र विसं २०६४ सालमा सार्वजनिक गरिएको थियो। यो गीत डोटेली गायिका तथा अभिनेत्री चाँदनी मल्लको आधिकारिक युट्युब खातामा ११ पुस २०७३ को दिन सार्वजनिक गरिएको थियो। यस गीतमा स्वर महिला तर्फ चिरपरितित गायिका राधिका हमाल तथा पुरुष तर्फ डोटेली गायक तथा अभिनेता शङ्कर सिंह विष्टको रहेको छ। यस गीतमा शब्द तथा सङ्गीत खड्ग मल्लको रहेको छ।[३]

"पातल पलाया रूईन"
राधिका हमालशङ्कर सिंह विष्टको एकल
सार्वजनिक२०६४
ढाँचा
  • डिजिटल डाउनलोड
रेकर्ड२०६४
किसिम
लम्बाई:३३
गीतकार(हरू)खड्ग मल्ल
साङ्गीतिक भिडियो
"पातल पलाया रूईन" युट्युबमा हेर्नुहोस्

यस गीतमा महिला तर्फ चाँदनी मल्ल र पुरुष तर्फ प्रितम कठायतलाई प्रमुख भूमिकामा देख्न सकिन्छ। यस गीत मार्फत चलचित्रमा शोषक वर्गको प्रतिनिधि पात्र डिल्ली सिंह थापा (चलचित्रका जुङ्गे ठालु) को विरुद्धमा आयोजित देउडा नृत्य मार्फत आलोचना गरिएको देखाइएको छ। यो गीत चलचित्रको भाग एकमा यस गीतलाई समावेश गरिएको छ जसको लम्बाई ४ मिनेट ३३ सेकेण्डको रहेको छ। यो गीत सर्वाधिक मन पराइएको डोटेली देउडा गीत मध्ये एक हो।

आधिकारिक साङ्गीतिक श्रव्य दृश्य सम्पादन गर्नुहोस्

यो गीत डोटेली गायिका तथा अभिनेत्री चाँदनी मल्लको आधिकारिक युट्युब खातामा ११ पुस २०७३ को दिन सार्वजनिक गरिएको थियो। यस गीतको सुरुवातमा सबै गाउँलेहरू एक मैदानमा भेला भएको देखाइएको छ। गीतमा महिलाहरूले चोली, फरिया र सेतो पटुकी लगाएका छन् भने पुरुषहरूले दौरा, धोतीढाका टोपी लगाएका छन्। गीतमा महिला तर्फ ८ जना र पुरुष तर्फ ८ जना गरी १६ जनाले देउडा नृत्य प्रस्तुत गरेका छन्। गीतलाई मादलको सुमधुर धुनले स्वागत गरेको छ। महिलाको प्रतिनिधि पात्र चाँदनी मल्लले (चलचित्रमा गौरी) भैंसोलीलाई घाँस काट्याछु...बाट गीतको सुरुवात गरेकी छिन्। पुरुषको प्रतिनिधि पात्र प्रितम कठायत (चलचित्रमा शङ्कर)ले सोही शब्द दोर्‍याएका छन् र यसैगरी महिला र पुरुष बीच देउडाको शैलीमा प्रश्नोत्तर आदन प्रदान गरिएको छ। गीतको शब्द अनुसार सबै कलाकारहरूले हाउभाउ मिलाउँदै गीतलाई अगाडि बढाएका छन्।

गीतको मध्ये भाग तिर गायनमा विश्राम लिँदै सङ्गीत राखिएको छ जसमा प्रितमले चाँदनीलाई फूलको थुङ्गा दिएको देखाइएको छ। फूलको थुङ्गा पाएपछि उनी रमाउँदै एक फन्को धुमेर फूललाई माथि फालेकी छिन्। प्रितमले फूलले चाँदनीको अनुहारमा स्पर्श गर्दै उनीहरू एकैसाथ दौडेको दृश्य देखाइएको छ। केही छिन पछि गीत पुन आरम्भ हुन्छ र सबै जना क्रम बद्ध रूपमा देउडा प्रस्तुति तर्फ लाग्छन् र भावना समेटिएको प्रस्तुति देखा पर्छ। शोषक वर्ग जुङ्गे ठालुका नोकर पनि त्यहाँ आउँछन् र उनको विरुद्धमा गाइरहेको गीत हेर्न र सुन्न थाल्छन्। पछि गाउँको जुङ्गे ठालु भन्ने शब्द आउने वित्तिकै उनले जिब्रो टोक्छन् र त्यसपछिका सबै शब्दहरू जुङ्गे ठालुका विरुद्धमा हुन्छ। एक ठाउँमा जुङ्गे ठालुका जुङ्गा उक्काउँला भन्ने शब्दमा उनले आफ्नो जुङ्गा छामेको दृश्य देखाइएको छ र त्यसको एकैछिन पछि गीतको अन्त्य हुन्छ।

निष्कर्ष सम्पादन गर्नुहोस्

पहिलो ऐतिहासिक डोटेली भाषाको चलचित्रमा गौरीमा समावेश यस गीतमा शोषक वर्गलाई लखट्ने वा धपाउनका लागि गीत मार्फत भएपनि सानो चेष्टा गरिएको छ।[२] गीतको अन्त्य तर्फ चलचित्रका शोषक वर्गको आलोचना गर्दै विरुद्धमा केही शब्द राखिएको छ। देउडा शैलीमा रहेको यो गीतमा उनीहरूको दमन र शोषण थप नसहने कुरा खोलिएको छ।[१]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "पहिलो ऐतिहासिक डोटेली चलचित्रको गीत "पातल पलाया रूईन" , राधिका हमाल र शङ्कर सिंह विष्ट", चाँदनी मल्लको आधिकारिक युट्युब खाता, ११ पुस २०७३, अन्तिम पहुँच ३ असार २०७६ 
  2. २.० २.१ "डोटेली भाषाको पहिलो ऐतिहासिक चलचित्र "गौरी"", शङ्कर सिंह विष्टको आधिकारिक युट्युब खाता 
  3. "पातल पलाया रूईन, राधिका हमाल र शङ्कर सिंह विष्ट", युट्युब, ११ पुस २०७३, अन्तिम पहुँच ३ असार २०७६