चिरागसिंह खड्का (जन्म: सन् १९९३ जुलाई १२), प्रचलित नाम ५:५५ (उच्चारण: पाँच पच्पन्न) नेपालको काठमाडौँमा जन्मिएका एक नेपाली र्‍याप गायक तथा सङ्गीतकार हुन्। खड्काले सन् २०१३ मा नेपाली र्‍याप जगतमा अती भो नामक गीतका साथ पर्दापण गरेका थिए। एक नयाँ कलाकारको रूपमा खड्का वि.स २०७५ मा सार्वजनिक गरिएको बूढी नामक गीतका साथ चर्चामा आएका थिए भने उनको यो गीत निकै सफल भएको थियो। खड्काले आफ्ना गीतहरूका प्रायः विभिन्न स्थानको भ्रमण गरिरहेका दृश्य समावेश गर्नेले उनी अन्य र्‍यार गायक भन्दा पृथक् रूपमा सार्वजनिक भएका थिए। खड्का वरिष्ठ अमेरिकी गायक बब मार्ली र भगवान शिवका भक्त रहेको कुरा उनले आफ्ना गीतका मार्फतबाट सार्वजनिक गरेका थिए। उनका प्रायः गीतहरूमा बब मार्लीको गायन शैली देख्न सकिन्छ। [१]खड्काका बूढी, लाइफ ज्याकेट, समाधी, तोपेन्द्र, माया, जिन्दगी आदि गीतहरू युवाहरू माझ लोकप्रिय रहेका छन्।

चिरागसिंह खड्का
जन्मचिरागसिंह खड्का
(1993-07-12) १२ जुलाई १९९३ (उमेर ३०)
काठमाडौँ,  नेपाल
पेशा
  • र्‍याप गायक, सङ्गीतकार
कार्यकालवि.सं. २०७१–हाल
साङ्गीतिक जीवन
विधा
  • पप
  • र्‍याप सङ्गीत
वाद्ययन्त्र
  • स्वर
  • गीतार
  • जुकाली

बाल्यकाल तथा शिक्षा सम्पादन गर्नुहोस्

खड्काले काठमाडौँमा रहेको ग्यालेक्सी पब्लिक स्कुलबाट प्रारम्भिक स्तरको शिक्षा हासिल गरेका थिए। त्यसपछि उनले गोल्डेन गेट इन्टरनेसनन कलेजबाट १२ कक्षा उतिर्ण गरेका थिए। उच्च माध्यमिक तह सकाएपछि उनले व्यवसाय विषयमा स्नातकका लागि भर्ना भएका थिए पारिवारिक समस्याले गर्दा उनको दिमाग परिवर्तन भई उनले बीचमै अध्ययन छाडेका थिए। त्यसपछिका वर्षहरू काठमाडौँमा रहेका विभिन्न बियर कम्पनीका लागि उनले बजार प्रतिनिधिको रूपमा काम गरेका थिए। उनले वि.सं २०७४ मा जागिर छाड्दै सङ्गीतिक क्षेत्रमा सक्रिय भएका थिए। खड्का कुनैपनि सङ्गीत प्रशिक्षण बिनानै नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गरेका थिए। उनले १९ वर्षको उमेर अध्ययन गरिरहेको गोल्डेन गेट कलेजमा पहिलोपटक साङ्गीतिक कार्यक्रम गरेका थिए।

सङ्गीत जीवन सम्पादन गर्नुहोस्

खड्काले आफ्नो सङ्गीत जीवनको सुरुवात गर्नु अगाडि उनले काठमाडौँ अवस्थित विभिन्न बियर कम्पनीहरूको बजार प्रतिनिधिको रूपमा काम गर्ने गरेका थिए। काम गर्दै जाँदा चारैतिर सङ्गीत बजिरहेका सुन्दा सुन्दै उनले काम छाडेर सङ्गीतिक यात्राको सुरुवात गरेका थिए। त्यसपछि खड्काले वि.स २०७० असार ७ का दिन अती भो नामक एक गीत भिडियो साझेदार सेवा युट्युब मार्फत सार्वजनिक गरेका थिए जसको माध्यमबाट उनको साङ्गीतिक जीवनको सुरुवात भएको थियो। सोही वर्ष उनले जन्मकुण्डली नामक एक गीत सार्वजनिक गरेका थिए जसको आधिकारिक साङ्गीतिक भिडियोलाई उनकै दाजु विराज सिंह खड्काले गरेका थिए। वि.सं २०७२ सालको महाभुकम्पका गएपछि उनले त्यो वर्ष भुकम्प नामक एक गीत सार्वजनिक गरेका थिए। त्यसपछिका वर्षहरूमा उनले माया, परिरा छ पानी र जिन्दगी जस्ता गीतहरू सार्वजनिक गरेका थिए। वि.सं २०७५ फागुन २ का दिन खड्काले बूढी नामक एक गीत युट्युब मार्फत सार्वजनिक गरेका थिए जसकारण उनी एक्कासी चर्चाको शिखरमा पुग्दै युवाहरूमा माझ लोकप्रिय हुन पुगेका थिए।[२] यस गीतको शब्द खड्क स्वयमले लेखेका थिए भने यसको निर्माण नेस स्टुडियोका ब्रिजेश श्रेष्ठले गरेका थिए। त्यस वर्ष खड्काले लाइफ ज्याकेटसमाधि जस्ता अधिक लोकप्रिय गीतहरू सार्वजनिक गरेका थिए।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "र्‍यापर '५ः५५' : '२०१९ मा र्‍याप सङ्गीतले तहल्का पिट्नेवाला छ'"। नागरिक नेटवर्क। २५ जनवरी २०१९। 
  2. "पाँच पच्पन्नको बूढी गीतको बारेमा"। ट्रेन्डिङ नेपाल। १६ फेब्रुअरी २०१९। 
  3. "चिराग खड्का '५ः५५' को 'समाधी'"। सेतो पर्दा। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्