पल्मोनरी फाइब्रोसिस
फोक्सोमा हुने एक प्रकारको समस्या पल्मोनरी फाइब्रोसिस हो ।[१] पल्मोनरी फाइब्रोसिसले गर्दा फोक्सोको कोसिकामा दाग पैदा गर्छ । फोक्सोको दागले गर्दा अक्सिजनको मात्रा कम गर्दछ । जसले गर्दा विभिन्न क्रियाकलापमा सहभागी हुदा जस्तै: व्यायाम गर्दा, हिँड्दा, दौडदा सास फेर्न कठिनाइ हुन्छ । यो रोगपनि विभिन्न दीर्घरोगहरू मधुमेह, क्यान्सर, रक्तचाप जस्तै यो रोग पनि सम्पूर्ण उपचार गर्न सकिँदैन ।
कारणहरू
सम्पादन गर्नुहोस्पल्मोनरी फाइब्रोसिस विविन्न कारणहरू मध्ये वातावरणीय प्रदूषण, अत्यधिक धुम्रपान, केहि औषधिहरू (कडा निमोनिया, एन्टी इन्फ्लेमेन्टरी मेडिकेसन), मध्यवर्ती फोक्सो रोगहरु, अटोइम्युन रोग, रेडिएसन अन्य सार्स, कोभिड-१९ संक्रमणको कारण पनि पल्मोनरी फाइब्रोसिस देखा पर्दछ ।[२]
लक्षणहरू
सम्पादन गर्नुहोस्- सुक्खा खोकी,
- थकान र कमजोरी,
- प्रायजसोमा श्वासप्रश्वासमा समस्या,
- औँलाको छालामा समस्या,
- छाती दुखाई सहित छाती अस्वस्थता,
- भोक कमहुनु र
- छिटो वजन घटाउनु
निदान
सम्पादन गर्नुहोस्पल्मोनरी फाइब्रोसिस फोक्सो बायोप्सी द्वारा पुष्टि हुन सक्छ । बायोप्सी यस्तो प्रक्रिया हो जसमा फोक्सोको तन्तुको नमूनाहरूबाट फोक्सोको रोग वा क्यान्सर छ कि छैन भनेर निर्धारण गर्न गरिन्छ ।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "पल्मोनरी फाइब्रोसिस क्या है?", helloswasthya, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२०।
- ↑ "कोभिड निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिसको जोखिम", nayapatrikadaily, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२०।
- ↑ "What is a lung biopsy?", hopkinsmedicine, अन्तिम पहुँच ५ अक्टोबर २०२०।