पलाञ्चोक भगवती विराजमान रहेको पलाञ्चोक भगवतीको मन्दिर राजधानी शहर बाट काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल हुदै पाँचखाल भन्दा अलि अघि लामीडाँडा बजारबाट उकालो लागेपछि पुग्न सकिन्छ । काठमाडौंबाट ५२ कि.मि. दुरीमा रहेको पलाञ्चोक भगवती मन्दिर पुग्न सडक सुविधा छ ।

पलाञ्चोक भगवती

यस मन्दिरको महिमा र शक्तिको कृति टाढाटाढा सम्म फैलिएको पाइन्छ । वैशाख पूर्णिमा र कार्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । साँच्ची नै धार्मिक पर्यटन स्थल बन्ने सम्भावना रहेको छ ।यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवतीशोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ति रहेको छ। “अचम्म त के छ भने उक्त मूर्ति एउटै ढुङ्गाबाट बनेको“छ । यसमा कुनै रसायन प्रयोग गरिएको छैन ।

अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने यहाँ निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ । भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवम् मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ ।[१]

ईश्वर प्रतिको भक्ती भावमा ह्रास आउँदा  व्यक्तिको आत्मा विश्वास कमजोर हुँदै गरिबी (मानसिकता) ले स्थान लिएको छ । क्षणिक लाभको लागि, लहलहैमा कृषि, वन क्षेत्रको प्राकृतिक जैविक शक्ति तथा उत्पादन क्षमता गुमाइसकेका छन्, भने मानव श्रोत पनि जिविकोपार्जन (आय आर्जन) को समस्यामा अनुत्तरदाई राज्य व्वस्थापनको कारण स्थानीयहरु आफ्नो व्यक्तिगत अंग (मृगौला) बेच्न बाध्य भएका छन् ।

यस्तो भयावह समस्याबाट बचाउन कृषि विकास कार्यालय जस्तो जिम्मेवार संस्थाले जन सहभागितामा अल्पकालीन र दिर्घकालीन रणनीति बनाई बागबानी, फूलवारी खासगरि माईलाई समर्पण गरिने बेल, तथा अन्य स्थानीय फलफूल र पशुपालनको विकास कार्यक्रम सञ्चालनले राहत पुग्न सक्दछ । साथमा पानीको मुहान क्षेत्रमा वन कार्यालयले पनि अल्पकालीन र दिर्घकालीन रणनीति बनाई बेलको विरुवासहितका जल भण्डारण गर्न सक्ने विरुवाको जंगल फैलाउन सके पानीको मुल बढ्नु र वातावरणमा सहयोग पुग्नुको साथै भगवतीलाई चढाउने बेल प्रसादीको आपूर्तिमा समेत सहज हुने थियो ।

लोपाेन्मुख ऐतिहासिक कलाकारिताको ५२ धुरी पहरीको कला कौशलको संरक्षण र प्रवर्द्धन जिल्ला तथा केन्द्रीय सरकारको साथमा युवा स्वरोजगार जस्ता संस्थाहरुबाट लघु उद्यमको लगानीमा सकारात्मक पहल कदमी आवश्यक भएको छ । जिल्ला र देशका नीति, नियम तथा ढुकुटीका जिम्मेवार अधिकारीहरुले जोखिममा परेका समाज र लोपोन्मुख कलाकौशलमा टेवा दिने हो भने स्थानीयहरु सँगको सहकार्यमा जुट्न तडकारो आवश्यक देखिन्छ ।

विश्व सम्पदा सूचीमा नामांङ्कन हुन सक्ने राष्ट्रिय महत्वको क्षेत्रलाई गत वर्ष नेपाल सरकारले पलाञ्चोक भगवती क्षेत्रलाई पर्यटकीय गन्तव्यकाे  घोषणा गरिएको छ । विद्यमान प्र. जि. अ. मा दर्ता रहेको विकास समिति र उप–समिती सँगको सहकार्यमा अधिकार सम्पन्न पाँचखाल नगरपालिकाले पूर्खाले सृजित धरोहरमा यस्को संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन र उक्त क्षेत्रलाई नै समेटेर प्रकृति प्रेमी गुरुयोजना सहितको नक्सांकण गर्दै आफ्नो क्षमता देखाउने अवसर मिलेको छ ।

२०४२ सालमा नेपाल सरकारले द्योःछेंबाट एक ट्रक समान लगे पनि अझै केही बाँकी रहेको सामानलाई पारदर्शी तवरले भण्डारण गर्न सके उक्त सामग्रीको स्थानीय स्तरमा सुरक्षित हुने तथा पछिल्ला पिढी र आगन्तुकहरुले भगवतीमा समर्पित कला कौशल देख्न पाउने थिए ।

दिर्घकालीन स्थायित्व र सुरक्षाको महत्वलाई ध्यान दिई एक शुल्कसहितको संग्राहलय, द्योःछें वा साठी धर क्षेत्र भित्र खोल्न सके घर्म र संस्कृतिको रक्षासहित सबैपक्ष लाभान्वित हुने छन् ।

देव र मानवका रक्षक, शक्तिका अधिष्ठाट्री देवी महामायाँ भगवती मानव जातीका प्रेरणा तथा आत्मा विश्वासका श्रोत भएको हुँदा वर्तमान र आउँदा दिनहरुको सुख समृद्धि मा आत्मा बल बलियो बनाउन र अरु आत्माको सम्मान गर्न पलाञ्चोक भगवती महामायाँको जानकारीमा व्यापकताको साथमा यात्री सेवा, सुविधामा स्थान विकास आवश्यक रहेको छ ।

परिवर्तित प्रकृति र मानव विकासको माग अनुसार पलाञ्चोकका बासिन्दाहरु र जिम्मेवार आधिकारिक निकायबाट विभित्र उदेश्यसहित यहाँ आउने यात्रीहरु समेतको ध्यानमा राखी बृहत गुरु योजना बनाई विकास गर्न सके यहाँ वर परका बासिन्दाहरुको जीविकोपार्जनको साथमा विश्व मानव कल्याणमा योगदान पुग्ने छ ।[२]

  1. "धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिर", Info Nepal (en-USमा), २०२३-०३-०५, अन्तिम पहुँच २०२३-१२-२४ 
  2. उलक, विश्व (२०२०-०८-०७), "पलाञ्चोक माईको ऐतिहासिक र पर्यटकीय पक्ष", देशसञ्चार (en-USमा), अन्तिम पहुँच २०२३-१२-२४