परालको आगो (कथा)
परालको आगो गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। परालको आगो कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई परालको आगोको संज्ञा दिएका छन्। त्यसैगरी उनका अन्य कथावस्तुहरू पनि उत्तिकै मार्मिक छन्। कथा विषयवस्तुको प्रतिपादन र शैलीको चमत्कारी संयोजन दुवैमा परालको आगो गुरूप्रसादको सर्वश्रेष्ठ कथा हो। सफल दाम्पत्य जीवनका दुई अनिवार्य तत्व लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौँथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझैँ परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ। [१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ आधुनिक कथासर्जक मैनाली र कथादिवस[स्थायी मृत कडी] डिल्लीराम मिश्र, फागुन, २०६५
परालको आगो कथा एक सामाजिक विषयवस्तु बोकेको कथा हो । यस कथामा ग्रामीण परिवेशको यथार्थ चित्रन पाइन्छ।
सम्पादन गर्नुहोस्