देवघाटको हरिहर आश्रमका संस्थापक पीठाधीश परमानन्द एक तेजस्वी व्यक्तित्व हुनु हुन्थ्यो । उहांबाट प्रभावित कैयौँ समाजसेवी, राजनीतिज्ञ, बुद्धिजीवीहरु धेरै अनुयायीहरु थिए । उहांले थुप्रै संस्कृत विद्यापीठ, आश्रम र देवस्थलहरु निर्माण गराउनु भएको थियो । उहांले स्थापना गरेका कैयौँ पीठ र विद्याश्रमहरु अहिले पनि सञ्चालन मा छन् ।