पप स्मोक

अमेरिकी र्यापर, गायक र सङ्गीतकार

पप स्मोक (अङ्ग्रेजी: Pop Smoke) नामले चिनिने ब्याशार बराका ज्याक्सन (अङ्ग्रेजी: Bashar Barakah Jackson) (जुलाई २०, १९९९ - फेब्रुअरी १९, २०२०)[२] एक अमेरिकी र्यापर, गायक र सङ्गीतकार थिए । ब्रुकलिनको केनर्सीमा जन्मेका र हुर्केका पप स्मोकले सन् २०१८ मा बेलायती ड्रिल कलाकार र रचनाकारसँग काम गरी आफ्नो साङ्गीतिक कार्य जीवनको सुरुवात गरे ।[३][४] अप्रिल २०१९ मा "वेलकम टु द पार्टी" निकाले पछि उनी सङ्गीत जगतमा प्रख्यात भए ।[३]

पप स्मोक
वास्तविक नामब्याशार बराका ज्याक्सन[१]
जन्म(१९९९-०७-२०)जुलाई २०, १९९९[२]
ब्रुकलिन, न्यु योर्क, संयुक्त राज्य अमेरिका
मृत्यु१९ फेब्रुअरी २०२०(2020-02-19) (उमेर २०)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
विधा
  • हिप हप
  • ड्रिल
वाद्ययन्त्रस्वर
सक्रिय वर्षसन् २०१८ - सन् २०२०
लेबल
  • भिक्टर भिक्टर
  • रिपब्लिक
सहयोगी
वेबसाइट

पप स्मोकले भिक्टर भिक्टर वर्ल्डवाइड र रिपब्लिक रेकर्ड्ससँग साझेदारी गरी सन् २०१९ मा आफ्नो प्रथम मिक्सटेप मीट द वू सार्वजनिक गरे ।[५][६] यो मिक्सटेपको "डियोर" नामको दोस्रो एकल बिलबोर्ड हट १०० मा बाइसौँ स्थानमा सूचिकृत भयो । उनको गृह आक्रमणको कारण भएको मृत्यु भन्दा झन्डै दुई हप्ता अगाडि सन् २०२० सार्वजनिक गरिएको उनको दोस्रो मिक्सटेप मीट द वू २ बिलबोर्ड २०० मा सातौँ स्थानमा सूचिकृत भयो । उनको मृत्युपश्चात सार्वजनिक गरिएको प्रथम स्टुडियो एल्बम शूट फर द स्टार्ज, एम फर द मून बिलबोर्ड २०० मा प्रथम स्थानमा सूचिकृत भयो र त्यसमा रहेका १९ मध्ये १९ गीतहरू नै बिलबोर्ड १०० मा सूचिकृत भयो ।

बाल्यकाल सम्पादन गर्नुहोस्

जुलाई २०, १९९९ मा ब्याशार बराका ज्याक्सनको जन्म जमैकन आमा र पानामेनियन बुबाको ब्रुकलिन, न्यु योर्कमा अवस्थित घरमा भएको थियो ।[७][८] उनले आफ्नो बाल्यकाल ब्रुकलिनको केनर्सीमा बिताए । विद्यालयमा बन्दुक बोकेको हुनाले निष्काशन गरिएका पप स्मोकलाई दुई वर्ष घरबाट बाहिर निस्किन दिइएको थिएन ।[९][१०] १५ वर्षको उमेरमा लागु पदार्थ बेच्नका लागि पप स्मोकले फिलाडेल्फियाको रकटप एकेडमीमा पाएको बास्केटबल छात्रवृत्तिलाई अस्वीकार गरेका थिए ।[११][१२]

कार्य जीवन सम्पादन गर्नुहोस्

सन् २०१८ मा मौलिक सङ्गीत र र्याप गीत बनाउनु भन्दा अगाडि पप स्मोक जे ग्वापो जस्ता कलाकारको स्टुडियोमा गई ड्रिल र र्याप गीतको रिमिक्स बनाउँथे । उनका बुबाले उनलाई बोलाउने नाम पपा र उनका साथीहरूले उनलाई बोलाउने नाम स्मोक मिलाएर उनको छद्मनाम पप स्मोक भएको उनले एक जिनियस अन्तर्वार्तामा खुलासा गरे ।[१३]

अप्रिल २०१९ मा पप स्मोकले आफ्नो प्रथम मिक्सटेप मीट द वूको प्रथम एकल "वेलकम टु द पार्टी" सार्वजनिक गरे ।[१४] निकी मिनाजलाई सहयोगी कलाकारको रूपमा बोलाई रिमिक्स निकालिएको यस गीतको स्केप्टासँगको दोस्रो रिमिक्स अगस्ट २०१९ मा सार्वजनिक गरियो । बेलायती ड्रिल निर्माता ८०८ मेलोसँग प्रायः गीत बनाउने पप स्मोकका सबै गीतहरूमा जस्तै यो गीतमा पनि बेलायती ड्रिलको प्रयोग गरिएको थियो ।[१४][१५] "वेलकम टु द पार्टी" लोकप्रिय भएपछि उनले लिल टीजेसँग "वार" र क्यालबोइसँग "१०० के अन अ कू" सार्वजनिक गरे । डिसेम्बर २०१९ मा उनले ज्याकबोइजट्रेभिस स्कटसँग "गाटी" निकाले जुन ट्रेभिस स्कटको सन् २०१९ मा सार्वजनिक गरिएको ज्याकबोइज नामक एल्बमको अन्तिम ट्र्याक थियो ।[१६]

फेब्रुअरी २०२० मा क्वेभो, अ बूगी विथ द हुडी, फिभियो फोरेन र लिल टीजेको सहयोगमा पप स्मोकले आफ्नो दोस्रो मिक्सटेप मीट द वू २ सार्वजनिक गरे ।[१७] यसको सार्वजनिकीकरणको ५ दिनमा नै नावसँगको "वुल्भ्स", गनसँगको "डियोर (रिमिक्स)" र पीएनबी रकसँगको "लाइक मि" थपिएको एल्बमको डिलक्स संस्करण सार्वजनिक भयो ।[१८] पप स्मोकको मृत्युपश्चात मे १४, २०२० मा उनका व्यवस्थापक स्टिभन भिक्टरले जून १२, २०२० मा पप स्मोकको प्रथम स्टुडियो एल्बम सार्वजनिक गरिने घोषणा गरे ।[१९] अमेरिकी र्यापर ५० सेन्टले पनि ड्रेकक्रिस ब्राउनको सहयोगमा यो एल्बम पूरा गर्ने इच्छा व्यक्त गर्दै पप स्मोककी आमालाई पुरस्कार कार्यक्रममा लाग्ने वाचा गरे ।[२०][२१] अप्रिलमा पप स्मोकको जीवनीमा आधारित वृत्तचित्र बनिरहेको घोषणा गरियो ।[२२] जून १२, २०२० मा सार्वजनिक गरिनुपर्ने पप स्मोकको प्रथम स्टुडियो एल्बम शूट फर द स्टार्ज, एम फर द मून जुलाई १३, २०२० मा सार्वजनिक भएपछि बिलबोर्ड २०० लगायत विश्वव्यापी स्तरमा विभिन्न चार्टमा प्रथम स्थानमा सूचिकृत भयो ।[१९][२३] "फर द नाइट" र "द वू" लगायत अन्य गीतहरू बिलबोर्ड हट १०० मा पनि सूचिकृत भयो ।[२४] पप स्मोकको २१ औँ जन्मदिन हुनुपर्ने जुलाई २०, २०२० मा उनको स्टुडियो एल्बमको डिलक्स संस्करण सार्वजनिक गरिएको थियो ।[२५]

अगस्ट २०२० मा पप स्मोकले २०२० फ्रेशम्यान क्लासमा सूचिकृत हुन स्वीकार गरेको एक्सएक्सएलद्वारा खुलासा गरियो । उनलाई पत्रिकामा सूचिकृत नगरेपनि एक्सएक्सएलले पप स्मोकसँगको अन्तर्वार्ता प्रकाशन गरेको थियो र उनको मृत्यु भएपनि उनलाई अझै फ्रेशम्यान क्लासको सदस्य मानिन्छ ।[२६]

कानूनी मुद्दा सम्पादन गर्नुहोस्

जनवरी १७, २०२० मा पेरिस फेसन सप्ताहबाट फर्किदा पप स्मोकलाई गाडी चोरी गरेको आरोपमा जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो ।[९] प्रश्नको गाडी $३,७५,००० पर्ने एक रोल्स-रोइस रेथ थियो जुन एक दिनको लागि सङ्गीत भिडियोको लागि पप स्मोकले उधारो लिएका थिए । उक्त गाडीलाई ट्रकमा न्यु योर्क पुर्याइने योजना बनाइएको अनुमान गरे । उनले इन्स्टाग्राम र फेसबुकमा चोरिएको गाडीमा बसेको तस्वीर सार्वजनिक गरेका थिए । प्रहरीले ब्रुकलिनको केनर्सीमा अवस्थित पप स्मोककी आमाको घरबाट गाडी जफत गरी त्यसमा अलाबामाको लाइसेन्स प्लेट राखे ।[९] आफू माथि लागेका आरोपहरू अस्वीकार गरेका पप स्मोकलाई त्यही दिन $२,५०,००० जमानत तिरी मुक्त गरिएको थियो ।[२७]

मृत्यु सम्पादन गर्नुहोस्

क्यालिफोर्नियाको हलिउड हिल्समा अवस्थित घरमा भएको आक्रमणमा परी फेब्रुअरी १९, २०२० मा पप स्मोकको मृत्यु भएको थियो ।[२८][२९] प्रहरी रिपोर्ट अनुसार फेब्रुअरी १९ को दिन बिहान साँढे ४ बजे ४ जना मुख लुकाएका व्यक्तिहरू पप स्मोकको घरमा आएका थिए । एक जनाले स्की मास्क लगाएका थिए भने अर्कोले बन्दुक बोकेका थिए ।[२९] उनको हत्या पश्चिम संयुक्त राज्यमा भएपनि प्रहरीलाई पूर्वबाट सचेत गरिएको थियो । ६ मिनेट पछि प्रहरी आइपुग्दा पप स्मोकलाई टन्नै गोली लागेका थिए । उनलाई सिडर्स-सिनाई स्वास्थ्य केन्द्रमा लागिएको थियो जहाँ उनलाई मृत घोषित गरियो ।[३०] फेब्रुअरी २१ मा उनको मृत्युको कारण छातीमा लागेको गोली भएको घोषणा गरियो ।[२९]

पप स्मोकलाई ब्रुकलिनको ग्रीनवुड सेमेटेरीमा गाडिएको थियो ।[३१] जुलाई १० मा पाँच जना पुरुषलाई उनको हत्याको सम्बन्धमा पक्राउ गरिएको थियो ।[३२] १९ वर्षको कोरी वकर, १८ वर्षको किआन्ड्रे रोजर्स र १७ र १५ वर्षका दुई व्यक्ति लगायत ४ जना व्यक्तिलाई समातिएको थियो । घर आक्रमण र चोरीको बेला हत्या भएको हुनाले यी व्यक्तिहरू मृत्युदण्डका लागि योग्य छन् ।[३३] जक्वान मर्फी नामक पाँचौँ व्यक्तिलाई हत्या प्रयासको आरोपमा पक्राउ गरिएको थियो ।[३४]

विरासत सम्पादन गर्नुहोस्

बेलायती ड्रिल प्रयोग गरिरहने पप स्मोकको गीत सन् २०१९ भरिका अन्य बिलबोर्ड हट १०० मा पहिलो स्थानमा सूचिकृत गीतहरू भन्दा बढी सुनिएको थियो ।[३५] अमेरिकी ट्र्याप सङ्गीतमा बेलायती ड्रिलको मिश्रणका साथै केहीको पर्वाह नगर्ने खाले उनका गीतका शब्दहरूले गर्दा उनले अरू र्यापरहरूभन्दा बढी प्रसिद्धि पाए ।[३५]

उनको कार्य नीतिलाई ५० सेन्ट र क्वेभोले पनि प्रशंसा गरेका थिए । आफ्नो पुरानो र गरिब जीवनशैलीलाई छाडेर आफ्नो लागि राम्रो जीवन बनाउने उसको चाहनाले उनका प्रशंसकलाई पनि प्रेरित गरेको छ ।[३६] उनको मृत्युको केही महिना पछि उनको परिवार र प्रियजनहरूले प्रतिकूल अवस्थामा बस्नुपरेका युवायुवतीलाई आफ्ना इच्छा चाहना पूरा गर्न सहयोग गर्न शूट फर द स्टार्ज नामक संस्थाको स्थापना गरे ।[३७]

उनको मृत्युपश्चात केनर्सीमा उनका भित्तेचित्रहरू बनाइएका थिए ।[३८][३९] उनको दाहसंस्कारमा अनुमानित हजार जना व्यक्तिहरू उपस्थित थिए ।[४०] पप स्मोकका गीतमा रङ्गभेद र प्रहरीको क्रूरताको बारेमा केही उल्लेख नगरिए पनि न्यु योर्क सहरमा जोर्ज फ्लोइड आन्दोलनमा उनलाई प्रतिरोधको चिनो बनाइएको थियो ।[३८][४१][४२]

सङ्गीत सम्पादन गर्नुहोस्

  • शूट फर द स्टार्ज, एम फर द मून (सन् २०२०)

पुरस्कार तथा नामाङ्कन सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार नामाङ्कित श्रेणी परिणाम सन्दर्भ
सन् २०२० बिइटी अवार्ड्स आफैँ सर्वोत्कृष्ट नवीन कलाकार मनोनित [४३]

अभिनय सम्पादन गर्नुहोस्

वर्ष नाम भूमिका टिप्पणी सन्दर्भ
सन् २०२० टीबीए आफैँ वृत्तचित्र [४४]
सन् २०२० बूगी सानो भूमिका [४५]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "वेलकम टु द पार्टी - बिएमआइ रिपोर्ट", बिएमआइ [dead link]
  2. २.० २.१ सेकेन्ड श्रव्य दृश्य युट्युबमा हेर्नुहोस्
  3. ३.० ३.१ क्याराम्यानिका, जोन (सेप्टेम्बर ६, २०१८), "ब्रुकलिन र्याप होमकमिङ किङ, पप स्मोकको उदय", द न्यु योर्क टाइम्स (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२०-०७-०८ 
  4. "अन्तिम अन्तर्वार्तामा पप स्मोकसँग बेलायती ड्रिलको कुराकानी", यूप्रोक्स (अङ्ग्रेजीमा), फेब्रुअरी २४, २०२०। 
  5. "सङ्ग्रहित प्रतिलिपि", मूलबाट सेप्टेम्बर १४, २०१९-मा सङ्ग्रहित। 
  6. "पप स्मोक", रिपब्लिक रेकर्ड्स (अङ्ग्रेजीमा), अक्टोबर २५, २०१९, मूलबाट डिसेम्बर २०, २०१९-मा सङ्ग्रहित। 
  7. "ब्रुकलिन र्याप होमकमिङ किङ, पप स्मोकको उदय", द न्यु योर्क टाइम्स (अङ्ग्रेजीमा), मूलबाट डिसेम्बर १४, २०१९-मा सङ्ग्रहित। 
  8. मिनेट ५७ सेकेन्ड श्रव्य दृश्य युट्युबमा हेर्नुहोस्
  9. ९.० ९.१ ९.२ होङ, निकोल (जनवरी १७, २०२०), "$३,७५,००० पर्ने रोल्स-रोइस चोरेको आरोपमा र्यापर पप स्मोक पक्राउ", द न्यु योर्क टाइम्स (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331 
  10. "पप स्मोकको शक्ति", द रिङ्गर (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी २०, २०२० 
  11. थमसन, पौल (फेब्रुअरी २०, २०२०), "पप स्मोकको हत्या ब्रुकलिन ड्रिल र र्याप समुदायका लागि ठूलो घाटा हो", भल्चर (अङ्ग्रेजीमा)। 
  12. डकर, एरिक, "पप स्मोक कसरी न्यु योर्कको सर्वोत्कृष्ट र्यापर बने", एक्सएक्सएल 
  13. "पप स्मोकद्वारा "वेलकम टु द पार्टी" को भाव विस्तार", जिनियस (अङ्ग्रेजीमा), मूलबाट जनवरी २५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०२० 
  14. १४.० १४.१ "बेलायती ड्रिल: तपाईँहरूले चिन्नुपर्ने ८ कलाकारहरू", रेडबुल डट कम, मूलबाट सेप्टेम्बर ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १९, २०२० 
  15. "पप स्मोकको लन्डन तीर्थयात्रा", द फेस (अङ्ग्रेजीमा), मूलबाट डिसेम्बर १९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १९, २०२० 
  16. "गाटी", डिसेम्बर ३०, २०१९ – एप्पल म्यूजिकद्वारा। 
  17. "मीट द वू २", फेब्रुअरी ७, २०२०, मूलबाट फेब्रुअरी ८, २०२०-मा सङ्ग्रहित – एप्पल म्यूजिकद्वारा। 
  18. "गन, नाव र पीएनबी रकसँगको 'मीट द वू २' डिलक्स संस्करणको सार्वजनिकीकरण", हाइपबीस्ट, फेब्रुअरी १२, २०२०, मूलबाट फेब्रुअरी १२, २०२०-मा सङ्ग्रहित। 
  19. १९.० १९.१ लाइह्र, रोज लाइला (मे १४, २०२०), "पप स्मोकको मृत्युपश्चात सार्वजनिक हुने प्रथम स्टुडियो एल्बमको सार्वजनिकीकरण मितिको घोषणा", हट न्यू हिप हप 
  20. लमार, कार्ल (फेब्रुअरी ३, २०२०), "ड्रेक र क्रिस ब्राउनको सहयोगमा ५० सेन्टलाई पप स्मोकको एल्बम पूरा गर्न मन छ", बिलबोर्ड 
  21. एस्पिनोजा, जशुवा (मार्च ८, २०२०), "मृत्योपरान्त सार्वजनिक गरिने एल्बमले पप स्मोककी आमालाई पुरस्कार कार्यक्रममा पुर्याउँछ भनी गरे ५० सेन्टले वाचा", कम्प्लेक्स 
  22. कोवेन, ट्रेस विलियम (अप्रिल १६, २०२०), "पप स्मोकको वृत्तचित्र निर्माण हुँदै", कम्प्लेक्स 
  23. "पप स्मोकको प्रथम स्टुडियो एल्बम जुलाईमा सार्वजनिक गरिने", र्याप अप, जुन ११, २०२०। 
  24. जेल्नर, जेन्डर (जुलाई १३, २०२०), "पप स्मोकको नयाँ एल्बमको सबै गीतहरू बिलबोर्ड १०० मा सूचिकृत", बिलबोर्ड 
  25. यू, नोआ, "पप स्मोकको स्टुडियो एल्बमको डिलक्स संस्करणमा १५ नयाँ गीतहरू", पिचफोर्क, अन्तिम पहुँच जुलाई २०, २०२० 
  26. क्लाइन, जोर्जेट (अगस्ट ११, २०२०), "एक्सएक्सएल २०२० फ्रेशम्यान क्लासको घोषणा", एक्सएक्सएल 
  27. "रोल्स-रोइस चोरेको आरोपमा र्यापर पप स्मोक पक्राउ", सिएनएन, मूलबाट जनवरी १८, २०२०-मा सङ्ग्रहित। 
  28. सडोम्स्की, स्याम (फेब्रुअरी १९, २०२०), "२० वर्षको उमेरमा पप स्मोकको हत्या", पिचफोर्क 
  29. २९.० २९.१ २९.२ फ्राई, ह्याना; ब्राउन, अगस्ट; विन्टन, रिचार्ड (फेब्रुअरी १९, २०२०), "हलिउड हिल्सको घरमा र्यापर पप स्मोकको हत्या", लस एन्जलस टाइम्स, मूलबाट फेब्रुअरी १९, २०२०-मा सङ्ग्रहित। 
  30. "हलिउड हिल्समा र्यापर पप स्मोकको हत्या", लस भेगास रीभ्यू जर्नलl, दी असोसिएटेड प्रेस, फेब्रुअरी १९, २०२०। 
  31. पप स्मोकलाई ब्रुकलिनमा गाडिने, संदिग्धहरू अझै खुलामा
  32. स्ट्राउस, म्याथ्यू, "पप स्मोकको हत्याको सम्बन्धमा ५ जना पक्राउ", पिचफोर्क (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई १४, २०२० 
  33. "पप स्मोकको हत्याको आरोपमा ४ जनाको पक्राउ, २ जनालाई मृत्युदण्ड", एबिसी न्यूज (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई १४, २०२० 
  34. स्नेप्स, लरा (जुलाई १०, २०२०), "पप स्मोक: र्यापरको हत्याको आरोपमा ५ जना पक्राउ", द गार्डियन (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच जुलाई १४, २०२० 
  35. ३५.० ३५.१ श्वर्ट्ज, ड्यानी (फेब्रुअरी २०, २०२०), "पप स्मोकको शक्ति", द रिङ्गर 
  36. क्याराम्यानिका, जोन (जून २५, २०२०), "पप स्मोकका अन्तिम दिनहरू", द न्यु योर्क टाइम्स 
  37. झाङ, चार्ली (जून १९, २०२०), "पप स्मोकको परिवारद्वारा शूट फर द स्टार्ज फाउन्डेशनको घोषणा", हाइपबीस्ट 
  38. ३८.० ३८.१ इब्राहिम, शमीरा, "पप स्मोक ब्रुकलिनमा सधैँ बाँच्नेछन्", नाइलन, अन्तिम पहुँच जून २७, २०२० 
  39. "मारिएका र्यापर पप स्मोकको स्मृतिमा भित्तेचित्रहरूको रचना", न्यूज १२ ब्रुकलिन, फेब्रुअरी २५, २०२०। 
  40. गन, टम्यान्था (मार्च ५, २०२०), "पप स्मोकको दहसंस्कार ब्रुकलिनमा", रिभोल्ट  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-१० मिति
  41. पिएर, एल्फोन्सो (जून ९, २०२०), "पप स्मोकको "डियोर" जोर्ज फ्लोइड आन्दोलनमा बजाइयो", पिचफोर्क 
  42. ब्रेक, डेभिड एरन (जून १५, २०२०), "न्यु योर्क आन्दोलनको असम्भव साउन्डट्र्याक", भाइस 
  43. "२०२० बिइटी अवार्ड्स", बिलबोर्ड, अन्तिम पहुँच जून १५, २०२० 
  44. कोवेन, ट्रेस विलियम (अप्रिल १५, २०२०), "पप स्मोकको वृत्तचित्र निर्माण हुँदै", कम्प्लेक्स। 
  45. ब्लेकमोर, पेटन (फेब्रुअरी १९, २०२०), "पप स्मोकको हत्या भन्दा पहिले उनले एउटा चलचित्रमा सानो भूमिका निभाएका थिए", आइहार्ट रेडियो।